कैलाली । कैलालीमा कोरोना संक्रमणबाट एकजना ७६ वर्षीय वृद्ध पुरुषको मृत्यु भएको छ ।
कञ्चनपुरको बेलौरी नगरपालिका–४ का ७६ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको हो । उनको अस्थायी कोरोना अस्पतालमा उपचार भइरहेको थियो ।
श्वासप्रश्वास सम्बन्धी समस्या आएपछि मङ्सिर ८ गते अस्पतालमा भर्ना भएका पुरुषको सोमबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।












