२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी हुन् नेपाल प्रिमियर लिग खेल्ने आठ फ्रेन्चाइज टोली



अ+ अ-

काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो संस्करणमा सहभागी हुने आठ फ्रेन्चाइज टोलीको नाम सार्वजनिक गरेको छ ।

क्यानले शनिबार मंसिर १५ देखि पुस ६ सम्म काठमाडौँमा हुने भनिएको प्रतियोगितामा सहभागी हुने टोलीको नामावली सार्वजनिक गरेको हो ।

एनपीएलमा प्रतिस्पर्धा गर्ने टोलीहरूमा विराटनगर, जनकपुर, चितवन, काठमाडौँ, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम रहेका छन् ।

क्यानले केही दिनअघि एनपीएल आयोजना मिति र लोगो सार्वजनिक गरे पनि सहभागी टोलीको नाम र संख्याको टुंगो लगाएको थिएन ।