२३ जेष्ठ २०८३, शनिबार
,
Latest
संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत आज काठमाडौँ र ललितपुरका झण्डै १०० स्थानमा ४ घण्टा विद्युत् अवरुद्ध हुने होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा तटीय क्षेत्रका समुदायमा बाढीको कृत्रिम नमूना अभ्यास सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु रास्वपाको जिल्ला अधिवेशन आजदेखि डाइभर्सन नटिक्दा यात्रुलाई सास्ती लामाखेतमा बस्ती संरक्षण योजना निर्माण ओझेलमा मुगु सोरुको प्राचीन सुनखानी गुफा, संरक्षण र प्रवद्र्धनको पखाईमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राइटनसँग बराबरीमा रोकियो आर्सनल



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले बराबरी खेलेको छ । भर्खरै सम्पन्न खेलमा आर्सनलले ब्राइटनसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

घरेलु मैदान इमिरेट्समा ३८ औं मिनेटमा काई हाभेट्रजले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, ५८ औं मिनेटमा जोआओ पेड्रोको गोलबाट ब्राइटनले खेल १–१ गोलको बराबरीमा ल्यायो । त्यसपछि खेलमा दुबैतर्फबाट गोल गर्ने प्रयास भएपनि गोल भने निस्किएन ।

४९ औं मिनेटमा डेक्लान राइसले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि आर्सनल १० खेलाडीमा समेटिएको थियो ।

३ खेलबाट ७ अंकसहित आर्सनल तालिकाको दोस्रो स्थानमा रहँदा ब्राइटन समान खेलबाट समान अंकसहित शीर्षस्थानमा छ ।