३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन अस्वीकार्य : सरकार(भिडियो सहित)



अ+ अ-

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले राजनीतिक पूर्वाग्रह राखेर रिपोर्ट तयार पारेको भन्दै सरकारले अस्वीकार गरेको छ । 

ट्रान्सपरेन्सी इन्टरनेशनलले केही दिनअघि सार्वजनिक गरेको रिपोर्ट तथ्यहिन र राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको भन्दै सरकारले अस्वीकार गरेको हो । नेपालमा भ्रष्टाचार बढ्दै गएको भन्ने ट्रान्सपरेन्सीको रिपोर्ट कुनैपनि तथ्यबाट प्रमाणित नहुने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधिमन्त्री पार्वत गुरुङले बताउनुभयो । ट्रान्सपरेन्सी इन्टरनेशनलले नै सन् २०१८ मा भन्दा २०१९ मा नेपालको अवस्थामा सुधार भएको रिपोर्ट सार्वजनिक गरेको उल्लेख गर्दै उहाँले भ्रष्टाचार विरुद्धमा लागेको सरकार र प्रधानमन्त्रीले नै भ्रष्टाचारीको संरक्षण गर्ने आधार के भन्दै प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘भ्रष्टाचारको विरुद्धमा लागेको सरकार र प्रधानमन्त्री नै भ्रष्टाचार गर्नेलाई प्रधानमन्त्रीले संरक्षण गरे भन्ने आधार के ? प्रमाणित कसरी हुन्छ ? यो तथ्यहिन र राष्टनीतिक पूर्वाग्रहबाट भएको हो भन्ने देखिन्छ ।’’

ट्रान्सपरेन्सी इन्टरनेशनले सार्वजनिक गरेको प्रतिवेदनमा भ्रष्टाचारका काण्डमा प्रधानमन्त्रीले संरक्षण गरेको आशय व्यक्त गरेको थियो ।

८४ प्रतिशत उत्तरदाताले विकासको काममा भ्रस्टाचार बाधक भ्रस्टाचार रहेको देखाउनुले पनि नेपाली जनता भ्रस्टाचारप्रति सचेत र जानकार छन् भन्ने देखाएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘नेपालमा झण्डै तीन करोडमा १ हजारलाई टेलिफोनबाट जिज्ञासा लिएको छ । ती भनेको सरकारको विरुद्धमा, सरकारको प्रगति नचाहाने, सरकार विरोधी गतिविधिमा लागेका व्यक्तिहरुबाट लिएको छ । ६२ प्रतिशत उत्तरदाताले सरकारको भ्रस्टाचार नियन्त्रण गर्ने निकायहरुको प्रभावकारी तर अभियानमा राम्रो कदम लिएको भन्ने उल्लेख छ ।’’

सरकार विरुद्धका मिसनका रुपमा लागेर नेपाली जनता र सरकारलाई बदनाम गर्ने र सरकारप्रति वितृष्णा फैलाउने काम भएको बताउनुभयो ।

ट्रान्सपरेन्सीको नेतृत्वकर्ता नै फरक राजनीतिक पृष्ठभूमि र राजनीतिक ब्राण्ड भएको व्यक्ति भएकालेपनि प्रतिवेदनमा शंका गर्ने ठाउँ रहेको उहाँले बताउनुभयो ।