२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे
तपाईं के खोज्दै हुनुहुन्छ ?

माछापुच्छ्रे बैंकको २२औँ वार्षिक साधारण सभा पुस २ गते हुने तय



अ+ अ-

काठमाडौँ ।  माछापुच्छ्रे बैंकको २२औँ वार्षिक साधारण सभा (एजीएम) पुस २ गते हुने तय भएको छ । यसअघि कात्तिक ६ गते तय भएपनि स्थगित गरिएको थियो । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले बिहान ११ बजे होटल पोखरा ग्राण्ड, पोखरामा साधारण सभा गर्ने निर्णय गरेको हो । सभा भिडियो कन्फ्रेन्स मार्फत गर्न लागिएको जनाएको छ  । साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको ३.३७ प्रतिशत नगद लाभांश (बोनस शेयर तथा नगद लाभांशमा लाग्ने करसहित) र ७.०३ प्रतिशत बोनस शेयर पारित गर्ने कम्पनी सचिव टिका भट्टराईले जनाएका छन् । साधारण सभाबाट सर्वसाधारण समूहका शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरु चयन गर्नेछ ।

साथै साधारण सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्न/गाभिने (मर्जर गर्न वा प्राप्ति गर्न) तथा वैदेशिक साझेदारीमा जाने सम्बन्धी निर्णय गर्न तथा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गर्नेछ । वार्षिक साधारण सभा प्रयोजनका लागि असोज २२ गते शेयर दाखिला खारेज बन्द (बुक क्लोज) गरिएको छ ।  




भर्खरै