२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

मूल्यवृद्धि नियन्त्रणका लागि बजार अनुगमन गर्न अध्यक्ष लिङदेनको आग्रह



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मुल्यवृद्धि नियन्त्रणका लागि बजार अनुगमन गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।

अध्यक्ष लिङ्देनले चाडवाड नजिकिदै गर्दा सबै उपभोग्य वस्तुहरुको चर्को मूल्यवृद्धि भइरहेको बताउनुभएको हो । उहाँले सरकारले जनजिविका र जनताको समस्याहरुमा ध्यान केन्द्रित गर्न नसकेको बताउनु भयो । न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुराकानी गर्दै उहाँले मूल्यवृद्धि नियन्त्रणका लागि सरकारले कडा रुपमा अनुगमन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो – ‘अहिले तपसिलका विषयहरुमा सरकार केन्द्रित भइराखेको छ । जनजीविकाका विषयहरुमा, जनताका दैनिक समस्याहरुमा सरकारको ध्यान केन्द्रित हुन सकेको छैन मात्रै होइन, चाडवाडको मुखमा आएपछि विगतमा बढ्ने मूल्यवृद्धि भन्दापनि कयौँ गुणा मूल्यवृद्धि भएको छ । एउटा विषयमा, एउटा वस्तुमा मात्रै होइन । सरकारले यसमा कडा अनुमगन गरोस् । सरकारले उपभोक्ताको हितलाई ध्यान देओस् भन्ने म आग्रह गर्न चाहन्छु ।’

अध्यक्ष लिङदेनले सरकारले उपभोक्ताको हितलाई ध्यान दिनुपर्ने बताउनु भयो ।