३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चले भन्यो- एफएनसिसिआइको निर्वाचन सुचारु हुन्छ



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले नेपाल उद्योग वाणिज्य महासंघको जारी साधारण सभा सुचारु गर्न बाटो खोलिदिएको छ । नेपाल उद्योग वाणिज्य महासंघको २ नम्बर प्रदेशका अध्यक्ष समेत रहेका शिवशंकर शाहले निर्वाचन रोक्न माग गर्दै दायर गरेको रिटको आज भएको सुनुवाईमा न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलायसले निर्वाचन रोक्न अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
सो सुनुवाईमा सर्वोच्च अदालतले निर्वाचन प्रक्रिया शुरु भइसकेकोले त्यसलाई सुचारु गर्न बाटो खोलिदिएको हो । उता महासंघका वर्तमान उपाध्यक्ष र वरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्रप्रसाद ढकाल स्वयंले महासंघको यो साधारण सभा रोक्न नहुने धारणा राखेका थिए ।  

ढकालको पक्षबाट अधिवक्ताहरु रमणकुमार श्रेष्ठ र ललित बस्नेतले बहस गरेका थिए ।  गएको चैत महिनामा हुने अधिवेशन कोभिडका कारण सरकारले नै ११ गतेदेखि लकडाउन गरेकोले स्थगित भएको थियो । निवेदक शाहले यस महासंघको निर्वाचन अवैधानिक भएको भन्दै रोक्न माग गरेका थिए । यस रिटलाई आफूले जित्ने देखेपछि आत्तिएर किशोर प्रधान समूहले निर्वाचन रोक्नका लागि यो हथकण्डा अपनाएको आरोप ढकाल समूहको छ ।