बुटवल । बुटवल उपमहानगरपालिका–९ की ८५ वर्षीया वृद्ध महिलाको कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको छ । अस्पतालका प्रवक्ता डा। विष्णु गौतमका अनुसार उनको उपचारका क्रममा बिहीबार बिहान पौने ३ बजे मृत्यु भएको हो ।
गत कात्तिक १४ गते कोरोना संक्रमण पुष्टि भएकी ती महिला २८ गते अस्पताल भर्ना भएकी थिइन् ।
संक्रमित महिला मधुमेह र निमोनियाको दीर्घरोगी रहेको डा. गौतमले बताए ।












