२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय दुतावासद्वारा निर्मित विद्यालय भवनहरुको अभिलेखीकरण छैन: मन्त्री भट्टराई



अ+ अ-

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले भारतीय दुतावासद्वारा निर्मित विद्यालय भवनहरुको अभिलेखीकरण सरकारसँग नभएको बताउनुभएको छ ।

हालसम्म भारतीय दुतावासले अर्थ मन्त्रालयबाट स्वीकृति लिने र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र शिक्षा मन्त्रालयलाई जानकारी गराएर विद्यालय भवन निर्माणलगायतको काम गर्ने गरेको भएपनि त्यसलाई अभिलेखमा राख्ने प्रणालीको भने विकास नभएको बताउनु भयो ।

मंगलवार प्रतिनिधि सभा बैठकमा सांसद निशा डाँगीले भारतीय दुतावासले विभिन्न विद्यालयका निर्माणाधिन भवनहरु अलपत्र पारेको उल्लेख गर्दै त्यस्ता विद्यालयहरुको संख्या कति छन् रु भनेर मन्त्री भट्टराईलाई प्रश्न गर्नुभएको थियो । त्यसको जवाफ दिँदै उहाँले त्यसको आधिकारिक अभिलेख सरकारसँग नभएको बताउनु भयो । उहाँले अव आफूले त्यसलाई अभिलेखीकरण गर्नका लागि सम्बन्धित मन्त्रालयसँग छलफल गरेर अघि बढ्ने पनि बताउनु भयो ।

मन्त्री भट्टराईले भन्नुभयो, ‘म माननीयज्यूलाई धन्यवाद दिँदै के भन्न चाहन्छु भने–अहिलेसम्म हाम्रो प्रणाली भित्र यसलाई समावेश गरिएको छैन । किनकी स्थानीय तहमार्फत खासगरी अर्थ मन्त्रालयबाट स्वीकृति लिने, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा जानकारी गराउने, त्यसपछि शिक्षा मन्त्रालयमा जानकारी गराउने मात्रै भएको तर त्यसको रेकर्ड आजसम्म नभएको अवस्था रहेको छ । र म के अनुरोध गर्न चाहन्छु भने म आईकसेपछि पछाडि खासगरी भारतीय दुतावासमार्फत कति विद्यालयहरुमा बसहरु पठाइएको छ । कति विद्यालयहरुमा रकम पठाएर भवन निर्माणका कामहरु भएको छ रु भन्ने जानकारी लिने क्रममा यो विद्यालयको पनि जानकारी प्राप्त गरेको छु । अव हामी संघीय मामिला मन्त्रालय, परराष्ट्र मन्त्रालयसँग बसेर छलफल गरेर हामी एउटा प्रणाली विकास गर्नेछौं भन्ने कुरा म माननीयज्यूलाई अनुरोध गर्न चाहन्छु ।’

मन्त्री भट्टराईले भारतीय दुतावासले नेपालमा विभिन्न विद्यालयहरुमा दिएको सवारी साधनलगायतका भौतिक सामग्रीहरुको पनि अभिलेखीकरण गर्ने कामलाई आफूले अघि बढाउने बताउनु भयो ।