काठमाडौँः विवादकाे घेरामा रहेकाे नेपाल ईञ्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपाने पक्राउ परेका छन् । ३ करोड ७१ लाख रूपैयाँभन्दा बढी रकम ठगीको आरोपमा न्यौपानेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले पक्राउ गरेको हो ।
नेपाल ईञ्जिनियरिङ कलेजले न्यौपाने बिरुद्ध ठगीको आरोपमा उजुरी दिएको थियो ।
उजुरी पछि न्यौपाने लामो समयसम्म सम्पर्क बाहिर रहँदै आएका थिए । बुधबार दिउँसो विशालनगर चण्डोलमा रहेको निवासबाट न्यौपानेलाई प्रहरीले पक्राउ गरेको हो ।












