३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

महासंघको महासंग्रामः उम्मेदवारहरु आआफ्ना एजेण्डासहित अन्तिम गृहकार्यमा



अ+ अ-

काठमाडौं । शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा शुरु हुदैछ । १३ गते आगामी आइतबार नयाँ कार्यकालका लागि निर्वाचन हुदैछ । यतिखेर निर्वाचनका उम्मेदवारहरु आआफ्ना एजेण्डासहित अन्तिम गृहकार्यमा जुटेका छन् । तर सबैको केन्द्र भने वरिष्ठ उपाध्यक्षको निर्वाचनमा छ । महासंघ निर्वाचनमा वरिष्ठ उपाध्यक्षका लागि उपाध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र किशोरकुमार प्रधानको प्यानल प्रतिस्पर्धामा छ । यो निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार नै भोलिको कार्यकालको अध्यक्ष हुने भएकोले यस निर्वाचनमा वरिष्ठकै बढी चर्चा हुने गर्दछ जुन स्वाभाविक हो । 
ढकाल र प्रधान दुवैले प्यानल बनाएरै निर्वाचनमा होमिएका छन् । ढकालको समूहबाट उनी स्वयं चुनावी अभियानको नेतृत्वमा अगाडि देखिएका छन् भने उता प्रधान समूहबाट प्रधानभन्दा अगाडि शेखर गोल्छा देखिन्छन् । त्यस्तै गोल्छाको पछिपछि पशुपति मुरारका पनि छन् । यसरी हेर्दा त भोलि अध्यक्ष हुन लागेका गोल्छा नै प्रधानको पक्षमा रहेकाले प्रधान बलिया देखिएको प्रधान समूहको दाबी छ तर त्यसलाई समग्र व्यवसायी प्रतिनिधिले भने यसलाई आलोचनाको विषय भनेका छन् । यसरी यो निर्वाचनको आलोचनाको विषय बन्न पुगेको देखिएको छ । उता चन्द्र ढकालले भने उनको समूहको नेतृत्व र एजेण्डाको पनि आफैँले नेतृत्व गरिरहेका छन् । 
यो समाचार तयार पार्दासम्म मतदानको दुई दिनमात्र बाँकी छ । त्यसैले मतदाताले अब आफ्नो धारणा बनाइसकेका छन् । उनीहरु यतिखेर कसका एजेण्डा के के छन् तथा आगामी कार्यकालका लागि के आधारमा नेतृत्व छान्ने भन्नेमा केन्द्रित छन् । निर्वाचनको माहोल त एकातर्फ बनि नै रहेको छ । त्यही माहोल भित्र यहाँ निर्वाचनका लागि आएका प्रतिनिधिहरुले महामारीले मर्कामा पारेको आफ्नो उद्योग व्यवसायलाई कसले अर्थात् कुन नेतृत्वले प्राण भर्न सक्ला भनेर बढी मात्रामा हेरिरहेका छन् । व्यवसायीहरु आफूलाई, आफ्नो व्यवसायलाई मुलुकमा व्यवसायमैत्री वातावरण बनाउन अबको नेतृत्वमा को आउँदा सहयोग पुग्छ भन्ने विचार विमर्श बडो शुक्ष्म ढंगले गरिरहेका छन् । नेपालका समग्र उद्योगी, व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले आफू र आफ्नो व्यवसायको सुरक्षाको छाता के कसरी ओढाउन सक्ला भनेर पनि मतदाताहरुले लेखाजोखा गरिरहेको अवस्था छ । 
समृद्धिको आधार, राज्य निजी क्षेत्र साझेदार भन्ने मूल नाराका साथ ढकालले चुनावी अभियानका क्रममा आफ्नो एजेण्डा ‘एफएनसीसीआई भिजन २०२५’ सार्वजनिक गरेका छन् । यो एजेण्डाको सार चाहिँ राज्य र निजी क्षेत्रको साझेदारी भन्ने छ । देशमा समृद्धिका लागि निजी क्षेत्रको योगदान रहेकोले यसका लागि राज्य र निजी क्षेत्रको सहकार्यको आवश्यकता छ भन्ने कुरा उनको एजेण्डमा छन् ।  
एजेण्डागत रुपमा हेर्दा प्रधान समूह त्यति बलियो देखिँदैन । सो समूहले महासंघलाई सुदृढिकरण र शुद्धिकरण गर्ने भनेर देशको समग्र आर्थिक क्षेत्रको भन्दा पनि महासंघको सशक्तिकरणमा जोड दिएको देखिन्छ । त्यसैले प्रधान समूहको भन्दा ढकाल समूहका एजेण्डमा बढी बहस भएको व्यवसायीहरु बताउँछन् । 
कोभिडपछिको अर्थतन्त्रका चुनौतीको सम्बोधन सहित नेपाल उद्योग वाणिज्य महासंघको पुनर्संरचनासम्मलाई समेटर ढकाल समूहले २५ बुँदे कार्ययोजना सार्वजनिक गरिसकेको छ । सो समूहले महासंघमा सन् २०२५ सम्म गर्ने कामको मार्गचित्रका कोरेको छ । एफएनसीसीआई भिजन २०२५ ले निजी क्षेत्रका समस्या तथा मुलुकको आवश्यकतालाई सम्बोधन गर्ने यो समूहको विश्वास छ ।   
निजी क्षेत्र, अर्थशास्त्री तथा अन्य सरोकारवालाहरुको सुझावका आधारमा महासंघको आगामी मार्गचित्र (रोडम्याप) तय गरिएको र यसलाई आगामी दिनमा अझै फराकिलो बनाउँदै लगिने वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल बताउँछन् । “अहिले वरिष्ठ उपाध्यक्ष निर्वाचित हुने व्यक्तिले सन् २०२५ अगावै अध्यक्षको नेतृत्व सम्हालिसक्नुपर्छ र त्यो बेलासम्म उसको कार्यकाल आधा सकिइसकेको हुनेछ,” ढकाल भन्छन्, “महासंघमा नेतृत्व लिएर के गर्ने भन्दै अलमलिनुभन्दा अहिलेदेखि नै त्यसको तयारीस्वरुप स्पष्ट खाका लिएर हामी आम व्यवसायीसामु प्रस्तुत भएका हौं ।” 
हाल महासंघको कार्यसमितिमा दुवै प्रत्यासी उपाध्यक्ष छन् । उपाध्यक्षकै हैसियतमा नेपालका सबै जिल्लामा आयोजना हुने प्राय हरेक कार्यक्रमहरुमा जाने गरेका छन् । ढकालका धेरै व्यवसाय रहेका र ती व्यवसायको नेटवर्क देशैभरि रहेका छन् । यसरी पनि आफू देशका अधिकांश जिल्लाका व्यवसायीहरुसँग कुनै न कुनै रुपमा जोडिन पुगेको दाबी गर्छन् । यसलाई पनि उनले आफूले जित्ने आधारका रुपमा लिने गरेका छन् । आफ्नो व्यावसायिक नेटवर्क देशभर रहेकोले उनीहरुकै आग्रहमा आफू उम्मेदवार बनेको ढकालको शुरुदेखिकै दाबी हो । यसलाई पनि उनले  आफ्नो जितको आधारका रुपमा लिएका छन् । ढकाल आफै पनि एउटा सानो व्यवसायबाट व्यावसायिक यात्रा शुरु गरेको र अहिले देशकै एक कर्पाेरेट लेवलको उद्योगी भएका कारण उनले आफूलाई यी दुवैखाले व्यवसायीको समस्या र मर्का थाहा रहेकोले राज्यसँग नीति निर्माणका क्षेत्रमा पैरवी गरी व्यवसायीको हक हितमा प्रयोग उपयोग गर्न सक्ने आत्मविश्वास आफूसँग रहेको बताउँछन् । 
यता प्रधानले महासंघमा आफ्नो लामो सयमको संलग्नता रहेको दाबी गर्छन् । उनको आफ्नो जितको आधार यो एक हो भन्ने प्रष्ट्याउँछन् । तर हाल उनको व्यवसायिक नेटवर्क भने देशमा छैन । जसका कारण उनीसँग देशका उद्योगी, व्यापारीहरु व्यवसायीक रुपमा जोडिन सकेका छैनन् । हुनत उनलाई गोल्छाको समर्थन रहेको देखिन्छ, तर पनि यो विषयलाई ढकाल पक्षले विवादास्पद मान्दछ । किनभने महासंघको विधानले तटस्थ हुनुपर्ने अथवा स्वतह अध्यक्ष हुने भएकोले उनको चुनावी समूह नै नहुनुपर्नेमा गोल्छाले प्रधानको समर्थनमा प्रचार सामग्री नै छपाएको भनी आलोचना हुने गरेको छ । 
अर्कातर्फ यो निर्वाचन अघि प्रधान महासंघको कामले जिल्ला बाहिर जान तथा जिल्ला नगर उद्योग वाणिज्य संघसँग पनि जोडिन नजाने गरेको गुनासो उनीमाथि व्यवसायीको छ । जसका कारण उनले यता निर्वाचनको तयारी गर्दै गर्दा उता आफ्नै जिल्लाका व्यवसायी राजेन्द्र राउत समेत ढकाल प्यानलबाट निर्विरोध हुन पुगे । राउत मोरंग व्यापारक संघका सदस्य हुन् भने प्रधान पनि त्यही जिल्लाका । तर राउत नै अर्काे प्यानलबाट निर्विरोध भएकोले यसलाई व्यवसायीहरुले चन्द्र ढकालको जितको रुपमा व्याख्या गरिरहेका छन् । केन्द्रीय नेतृत्वमा आउन खोजिरहेका प्रधानले आफ्नै जिल्लाका व्यवसायीको पनि साथ नपाएको विषय निर्वाचनको एजेण्डा बन्नु स्वाभाविक पनि हो । यसैसँग जोडेर व्यवसायीहरु टिप्पणी गर्छन् कि बागलुङका ढकाललाई सिंगो गण्डकी प्रदेशकै सर्वसम्मत समर्थनको निर्णय नै आइसकेको छ भने प्रधानले भने १ नम्बर प्रदेशको त के आफ्नै जिल्लाको पनि समर्थन लिन सकेनन् ।