मुम्बई । अभिनेत्री तापसी पन्नु आफूलाई ट्रोलमा तान्ने खोज्नेहरुलाई कडा जवाफ दिन पछि पर्दिनन् । यस्तै हालै एक व्यक्तिले उनलाई सामाजिक सञ्जालमा ट्रोल गर्न खोजेपछि तापसीले ती व्यक्तिलाई कडा जवाफ फर्काएकी छिन् । ती व्यक्तिले उनलाई इन्स्टाग्रामको म्यासेज बक्समा लेखेका छन्, “ बेकारकी हिरोइन, तिमीलाई अभिनय आउने त होइन ।” उसको म्यासेजको स्क्रिनसट गरेर त्यसमा तापसीले जवाफ फर्काएकी छिन्, “सही हो, मैले मेरो स्ट्यान्डर्ड उठाएको छु । सायद तपाईंले यो कुरा बुझ्नुभएन होला ।” तापसीले यो स्क्रिनसट इन्स्टाग्रामको स्टोरीमा सेयर गरेकी छिन् ।
ती सामाजिक प्रयोगकर्ताले तापसीको अभिनयलाई बेकार भने पनि उनी हरेक चलचित्रमा निभाएको फरक भूमिका र अभिनयका कारण नै एकपछि अर्को चलचित्रमा व्यस्त भएकी हुन् । अभिनयकै कारण तापसीले हालसम्म थुप्रै राष्ट्रिय अवार्ड पनि प्राप्त गरिसकेकी छिन् । (नवभारत टाइम्स)












