कक्षा १२ को परीक्षा आजबाट शुरु भएको छ । कोभिड १९ संक्रमणको जोखिमका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट शुरु भएको हो । परीक्षामा देशभरका ४ लाख ३२ हजार ५ सय विद्यार्थीहरु सहभागी भएका छन् । देशभर ४ हजार १ सय ५ विद्यालयमा परीक्षा केन्द्र तोकी परीक्षा सञ्चालन गरीएको छ । राष्ट्रिय परीक्षा बोर्डले यसपटक ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिन लागेको हो । बोर्डका अनुसार थप ४० प्रतिशत अंक कक्षा ११ को नतिजाको मूल्याङ्कन गरेर र २० प्रतिशत अंक विद्यालयको आन्तरिक मूल्यांकनबाट जोडिने छ । परीक्षा बिहान ८ बजेदेखि साढे आठ बजे सम्म सञ्चालन भएको छ । यसपटक विद्यार्थीहरुले आफैले पढेको विद्यालयमा परीक्षा दिन पाएका छन् ।












