चितवन । चितवनको भरतपुर अस्पतालमा ५२ वर्षीय कोरोना संकमित पुरूषको मृत्यु भएको छ । रत्ननगर नगरपालिका–१० का ५२ वर्षीय पुरुषको मंगलबार विहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
मंसिर ७ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरूषको स्वास्थ्य अवस्था जटिल भएपछि सोमबार उनलाई कोभिड आइसियूमा राखेर उपचार भईरहेको थियो ।
मंसिर ४ गते ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएर अस्पताल भर्ना भएका थिए ।












