८ असार २०८३, सोमबार
,
Latest
कतारको रास लाफानमा विस्फोटः १८ जना बेपत्ता, ५४ जना घाइते समावेशी पक्षमा रास्वपाको जोडः मधेसी समुदाय खुसी तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना रास्वपा महाधिवेशनमा भोजन तालिकाः बिहान खसीको मासु–भात र बेलुका मिक्स भेज तरकारी नारायणी अस्पतालमा ‘हिमोफिलिया उपचार केन्द्र’ सञ्चालनमा बागलुङकाे तमानखोला गाउँपालिकामा बाझो जमिनमा स्याउखेती इरान–अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति काभ्रेपलाञ्चोकमा दुई टिपरमा च्यापिएर युवकको मृत्यु नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको आज दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने ५९ ड्रोन खसालिएपछि मस्कोका चार विमानस्थल केही समय बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाको न्यूयोर्कमा ओली–मोदी भेट्ने तयारी



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा भेटवार्ता हुने सम्भावना रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

स्रोतका अनुसार सो भेटवार्ताका लागि यही सेप्टेम्बर २२ को साँझ ५:३० मा सो भेटका लागि प्रस्ताव गरिएको छ । सो समय दुवै तर्फको सहमतिबाट राखिएको बताइएको छ । “भारतीय पक्षले सो समयमा सहमति गरेको छ तर पनि भेट हुने विषयमा निश्चित गरेको छैन” परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दियो ।

मोदी एक दिनका लागि मात्र न्युयोर्क जाँदैछन् । उनी २२ तारिखमात्र न्युयोर्क बस्ने भएकाले सोही समय प्रस्ताव गरिएको बताइएको छ । मोदी एक दिनमात्र रहने भएकाले उनले संयुक्त राष्ट्रसंघको ७९ औँ महासभालाई सम्बोधन भने भारतीय विदेशमन्त्री एस जयशंकरले गर्ने भएका हुन् ।

संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा सहभागिताका लागि प्रधानमन्त्री केपी शर्मा ओली २१ तारिख न्युयोर्क पुग्दैछन् । ओलीले भने राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भएका छन् ।

परराष्ट्र मन्त्रालय स्रोत भन्छ “पहिले यो समय पनि तय भएको थिएन । भारतीय पक्षले प्रधानमन्त्री एक दिनका लागि मात्र जाने भएकाले समय नरहेको बताउँदै आएको थियो । अहिले यो समय दुबै पक्षबाट तय गरिएकाले भेटवार्ताको सम्भावना रहेको छ ।”

ओली नेपालको प्रधानमन्त्रीमा नियुक्त भएपछि नेपाल र भारतका प्रधानमन्त्रीबीच भेटवार्ता हुन सकेको छैन । महिना दिनमात्र अघि नेपालमा भारतीय विदेश सचिव आएका थिए र उनले प्रधानमन्त्री ओलीलाई भ्रमणको निमन्त्रणा गर्ने अनुमान गरिएको भएपनि आमन्त्रण गरिएन । त्यसपछि परराष्ट्र मन्त्री डा आरजु राणा देउवा भारत भ्रमणमा गएका बेला पनि मोदीले ओलीलाई भ्रमणका लागि आमन्त्रण गरेनन् ।

उता प्रधानमन्त्री ओलीले नै मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा गरेका थिए । ओलीलाई भारतले भ्रमणको निमन्त्रणा नगरेको विषयलाई वर्तमान सरकारको भविष्यसँग जोडेर हेर्न थालिएको छ ।

दुई प्रधानमन्त्रीबीच यसअघि बिमस्टेकमा उनीहरुबीच भेटवार्ता गर्ने कार्यक्रम रहेको भए पनि त्यो पनि समय तय भएको थिएन । बिमस्टेकको सम्मेलन रोकिएपछि दुई प्रधानमन्त्रीबीच नेपालले न्युयोर्कमा भेट्ने कार्यक्रम बनाएको हो ।