२५ जेष्ठ २०८३, सोमबार
,
Latest
११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन पनि तोरणविक्रम शाही शीर्षस्थानमा



अ+ अ-

काठमाडौँ । तोरणविक्रम शाही समग्रमा ११–अण्डर २०५ को स्कोरमा सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन पनि शिर्ष स्थानमा कायमै रहन सफल भएका छन् । गोकर्ण गल्फ क्लवमा आज तोरणले ११–अण्डर ७१ स्कोर गरे ।

अन्तिम १८ होलको खेल बाकी छँदा तोरणले एमेच्योरद्वय सद्भाव आचार्य र राहुल विकेलाई चार स्ट्रोकले पछि पार्दै उपाधि जित्ने सम्भावनालाई बलियो बनाएका छन् । तोरणले ६ होल सकिँदा चार बर्डी प्रहार गरिसकेको थिए । पहिलो, दोस्रो, पाँचौं र छैटौं होलमा एक–एक सट बचाए ।

नवौं होलमा भने दिनको पहिलो बोगी खेपे । फ्रन्ट नाइन ३–अण्डर ३३ मा पूरा गरे । नवौं होलको बोगीपछि उनले लय गुमाए । १२ औं होलमा एक सट खेर फाले । लगतै १३ औं होलमा बर्डी प्रहार गरे पनि १५ औं र १६ औं होलमा एक–एक सट खेर फाले । जसले गर्दा ब्याक नाइन २–ओभर ३८ मा सकाउन बाध्य भए ।

एमेच्योरद्वय सद्भाव आचार्य र राहुल विके समग्रमा ७–अण्डर २०९ को स्कोरमा संयुक्तरुपमा दोस्रो स्थानमा रहे । गोकर्ण गल्फ क्लवमा आज एमेच्योर तथा डिफेन्डिङ च्याम्पियन सद्भाव आचार्यले दिनको उत्कृष्ट स्कोरकार्ड निकाल्दै उनी पाँच स्थान माथी उक्लिए ।

पहिलो, तेस्रो र सातौं होलमा एक–एक सट बचाउँदा फ्रन्ट नाइनमा ३–अण्डर ३३ को नतिजा निकाले । यसपछि ११ औं देखि १४औं होलमा लगातार चार बर्डी प्रहार गर्न सफल रहे । १५ औं होलको बोगीले ब्याक नाइन ३–अण्डर ३३ मा पूरा गरे ।

राहुल २–अण्डर ७० को स्कोर दर्ज गर्दै दुई स्थान माथी उक्लिए । उनले सातौं र नवौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन बोगी रहित खेले । यसपछि ११ औं होलको बोगी विरूद्ध १५ औं होलको बर्डीले ब्याक नाइन इभन–पार ३६ मा सकाए ।

धरानका प्रो निरज तामाङले १–अन्डर ७१ को स्कोर जोडे। समग्रमा ४–अण्डर २१२ सहित चौथो स्थानमा उक्लिए । दाबेदार नेपाल नम्बर एक भुवन नगरकोटीले ५–ओभर ७७ को खराब प्रदर्शन गरे । यो प्रदर्शनमा उनी समग्रमा १–अण्डर २१५ सहित पाँच स्थान तल झरे ।

चार दिनसम्म चल्ने प्रतियोगिताको कुल नगद पुरस्कार ८ लाख ८२ हजार रहेको छ । जहाँ विजेताले १ लाख ५० हजार, तथा दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमशः १ लाख र ७५ हजार प्राप्त गर्नेछन् ।