२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गणतन्त्र , संघीयता र धर्मनिरपेक्षता बिदेशी एजेन्डा: कमल थापा



अ+ अ-

बिराटनगर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा जबर्जस्ती लादिएको गणतन्त्र , संघीयता र धर्मनिरपेक्षता बिदेशी एजेन्डा भएको बताएका छन् ।

मुलुकमा देखिएको सम्पुर्ण रोग,भोक, गरिबी,अशिक्षा र पछौटेपनको एक मात्र कारण सनातन हिन्दु धर्म, राजसंस्था,एकात्मक शासन प्रणाली भएको गलत भाष्य निर्माण गर्दै भ्रमको खेति गरि षड्यन्त्र पुर्बक ढंगबाट राजसंस्था र सनातन हिन्दु राष्ट्रको पहिचान समाप्त गरिएको समेत थापाले बताएका छन् ।

आज बिराटनगरमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले बिदेशीहरुको प्रायोजन र षड्यन्त्रबाट मुलुकको महत्त्वपूर्ण पहिचानलाई समाप्त पार्न देश भित्रका पार्टीहरुलाई प्रयोग गरिएको थापाले आरोप लगाए । सबै समस्याको अचुक रामबाण औसधि गणतन्त्र ,धर्म निरपेक्षता र संघीयता हो भन्दै भ्रम सिर्जना गर्न बिदेशीले करोडौ पैसा खर्च गरेको समेत उनको टिप्पणी थियो । बिदेशीको दबाब, प्रभाब र सत्तास्वार्थमा माओवादी सङ्गै काङ्ग्रेस एमाले पनि बहकिएको भन्दै थापाले माओवादी मार्फत बिदेशिले खेलेको र काङ्ग्रेस एमाले समेत प्रयोग भएको बताए ।

अहिलेको भ्रष्ट ब्यबस्था र शासकबाट मुक्ती पाउनको लागि जनता सडकमा आउनुपर्नेमा जोड दिदै थापाले सबै राष्ट्रबादी, हिन्दुबादी र संघीयता बिरोधीहरु एक ठाउँमा आउनुपर्मे औल्याए । समान बिचार भएकाहरु एक ठाउँमा आउन ढिला गर्न नहुमे भन्दै थापाले एजेन्डा स्थापित गर्नको लागि ठुलो छाती र त्यागको भावना आब्श्यक पर्ने स्पष्ट पारे ।

“पद प्रतिष्ठा,स्वार्थ ,महत्त्वकांक्षा पालेर राष्ट्रबादी आन्दोलन टुङ्गोमा नपुग्ने भन्दै थापाले राप्रपा नेपाल सबै त्यागेर एजेन्डा केन्द्रित हुनेछ” थापाले भने । कार्यक्रममा पुर्ब उपप्रधानमन्त्री बद्री प्रसाद मण्डल र वरिष्ठ राजनितीज्ञ जित बहादुर अर्जेलले आन्दोलनको आबश्यकता र औचित्य बारे प्रकाश पारेका थिए । कार्यक्रममा तत्कालीन मोरङ जिबिसका सभापति बल्लब प्रसाद दाहाल सहित दर्जनौ ब्यक्तिहरु राप्रपा नेपाल प्रबेश गरेका थिए ।




भर्खरै