२५ जेष्ठ २०८३, सोमबार
,
Latest
११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१९ एसिया कपको सेमिफाइनल दौडबाट बाहिरियो नेपाल



अ+ अ-

काठमाडौँ । युएईमा जारी यू–१९ एसिया कपमा लगातार दोस्रो हार ब्यहोरेसँगै नेपाल सेमिफाइनल दौडबाट बाहिरिएको छ । पहिलो खेलमा श्रीलंकासँग ५५ रनले पराजित भएको नेपाल दोस्रो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको बंगलादेशले २८.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । बंगलादेशका जबार अबारले ५९ रन र मोहम्मद हाकिमले ५२ रन जोडे । बलिङमा नेपालका युवराज खत्रीले ४ र कप्तान हेमन्त धामीले एक विकेट लिए ।

त्यसअघि दुबईस्थित अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएकोे नेपालले ४५ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै एक सय ४१ रनमा समेटियो ।

नेपालका लागि ओपनर आकाश त्रिपाठीले सर्वाधिक ४३ रनको योगदान दिए । उनले ७७ बलमा पाँच चौकाको मद्दतमा ४३ रन बनाएका हुन् । त्यस्तै उत्तम थापा र अभिषेक तिवारीले समान २९/२९ रन बनाए । त्यसबाहेक नेपालका अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

बङ्गलादेशका लागि मोहम्मद अल फहदा, मोहम्मद इकवाल र मोहम्मद होसैनले समान दुई–दुई विकेट लिए । साथै साद रजिन, उज्जमान रफी र अजिजुल हकिमले समान एक–एक विकेट लिए ।

नेपालले अन्तिम खेलमा अफगानिस्तानसँग मंगलबार खेल्नेछ ।