३० जेष्ठ २०८३, शनिबार
,
Latest
काँग्रेस युवा नेताको आरोपः ‘काँग्रेसको नेतृत्व नपाएको भए गगनले रास्वपाको नेतृत्व गर्ने थिए’ वैकल्पिक भनिएका शक्तिहरू विचारशुन्य र विध्वंसात्मक बाटोमा लागेः डा. सीके राउत पुराना दलको विकल्पमा दुईवटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छः डा. बाबुराम भट्टराई हर्कराज राई भन्छन्–‘देशलाई माया गर्दा गाली खाइरहेको छु’ पशुपति क्षेत्रको संस्कृति र परम्परामा आँच पुग्ने निर्णय सच्याउन गगन थापाको माग एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड डाँका चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमशीलता तालिम अमेरिका-इरान सम्झौता निकै नजिक गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनओसीलाई अन्तरिम आदेश कार्यान्वयन गर्न राखेपको पत्र



अ+ अ-

काठमाडौं।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई मंगलबार गर्ने भनिएको एनओसीको साधारण सभा नगर्न पत्रचार गरेको छ ।

उच्च अदालत पाटनमा नेपाल रग्बी संघ समेतले ०८१–ध्इ–१०३१ उत्प्रेषण/परमादेश समेतको रिट दायर गरेकोमा सम्मानित उच्च अदालत पाटनबाट मिति २०८१/८/१७ गते भएको आदेश बमोजिम विपक्षी नेपाल ओलम्पिक कमिटीले २०८१ मंसिर १८ गते विधान संशोधनका लागि तय भएको विशेष साधारण सभा गर्दा रिट निवेदकहरुको विचाराधिन मुद्धामा समेत प्रतिकूल असर पर्न सक्ने भई निवेदकहरुलाई अपूरणीय क्षति पुग्न सकिने देखिदा विधान संशोधन नगर्नु/नगराउनु, भनी विपक्षी नेपाल ओलम्पिक कमिटीको नाउंमा अन्तरिम आदेश जारी भएको हुंदा सम्मानित उच्च अदालत पाटनबाट भएको अन्तरिम आदेशको जानकारी विपक्षी नेपाल ओलम्पिक कमिटीलाई गराउनु भन्ने आदेश भए बमोजिम राखेपले पत्रचार गरेको हो ।

पत्रसंगै उच्च अदालत पाटनबाट भएको आदेशको प्रतिलिपी समेत संलग्न गरी एनओसीमा पठाइएको छ ।