२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षा विधेयक चाँडो ल्याउनुपर्छः उपसभामुख राना



अ+ अ-

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले शिक्षा विधेयक चाँडो ल्याउनुपर्ने बताउनुभएको छ । मंगलवार ललितपुरमा कानून निर्माण तथा संसदीय निगरानीमा समितिहरुको प्रभावकारिताबारे छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले अहिलेसम्म शिक्षा विधेयक बन्न नसक्नु दुःखद् भएको बताउनु भयो । उहाँले शिक्षा नीतिले देशको भविष्य निर्धारण गर्ने भन्दै राम्रो नीति बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले स्वदेशमै रोजगारी वृद्धि गरी युवा जनशक्तिलाई देश विकासमा लगाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेसम्म हाम्रो शिक्षा विधेयक बनेको छैन । त्यो शिक्षा नीति, विधेयकले हाम्रो देशको भविष्य तय गर्दछ । अहिले हामीसँग त्यो राम्रो नीति नै छैन । उहाँहरुले रोजगारका कुराहरु गर्नुभएको छ । हामी पश्चिमी मुलुकमा पठाउँछौँ बच्चाहरुलाई । पश्चिमी मुलुकमा जान तयार बनाउँछौँ ।

अहिले टेन प्ल्स टुका स्टुडेण्डहरु हेर्ने हो भने सबै विदेश जान प्रिपेयर गरिरहेका छन् । हामीसँग भएका जुन श्रोतहरु छन्, हामीसँग भएका जतिपनि पोर्टिनसियलता छ, त्यस्तो किसिमको शिक्षाहरुको हामीले प्रि स्कुलबाट बनउनु पर्यो । जे को अभाव छ, देश प्रेमप्रति बनाउनु प¥यो । त्यस्तो किसिमको कार्यक्रम सिर्जना गर्नुप¥यो र शिक्षा नीति चाँडो भन्दा चाँडो हाम्रो विधेयक बन्नुपर्छ ।’

उपसभामुख रानाले शिक्षाको विकासका लागि सबै एकजुट हुनुपर्ने बताउनु भयो ।