२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएलमा आज कुन–कुन टिम भिड्दैछन् ?



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)मा आज शुक्रबार दुई खेलहरु हुँदैछन् ।

पहिलो खेलमा कर्णाली याक्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । खेल बिहान ९ बजे सुरु हुनेछ । यसअघिका दुबै खेलमा पराजित कर्णाली पहिलो जितको खोजिमा रहेको छ ।

अर्कोतर्फ यसअघिका दुबै खेलमा जित निकालेको चितवन लगातार तेस्रो जितको खोजिमा रहेको छ ।

यस्तै, आज दिउँसो पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल १ बजे सुरु हुनेछ । पोखराको आजको खेल तेस्रो रहेको छ ।

यसअघिका दुबै खेलमा हार ब्यहोरेको पोखरालाई जित्नैपर्ने दबाब छ । अर्कोतर्फ पहिलो खेलमा हार ब्यहोरेको लुम्बिनी आजको खेलमा जित निकाल्ने दाउमा छ ।

अंकतालिकामा ३ खेलमा ३ जितसहित ६ अंकका साथ जनकपुर बोल्ट्स शीर्षस्थानमा छ ।