२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंका खुला व्यायामशाला (फोटो फिचर)



अ+ अ-

काठमाडौं: स्वस्थ रहनको लागि शारीरिक व्यायाम महत्वपूर्ण हुन्छ । शारीरिक व्यायामले शरीरलाई फुर्तिलो बनाउनुका साथै स्वस्थ पनि राख्छ । त्यसैले पनि पछिल्लो समय योगा, ध्यान, शारीरिक व्यायाम, जिम गर्नेहरुको संख्या उल्लेख्य छ ।

कोहीले हिँडेर शरीरलाई फुर्तिलो बनाउँछन् भने कसैले जिम गरेर त कसैले ध्यान, योगा र शारीरिक व्यायाम गरेर स्वस्थ रहन्छन् । यसैलाई मध्यनजर गरी काठमाडौं उपत्यकाका विभिन्न स्थानमा खुला व्यायामस्थलहरु समेत बनाइएको छ ।

काठमाडौं उपत्यकाका विभिन्न सार्वजनिक स्थलमा निर्माण गरिएका खुला व्यायामशालामा सर्वसाधारणहरुको घुइँचो लाग्ने गर्दछ । काठमाडौंवासीलाई स्वस्थ राख्न महानगरले व्यायामशाला बनाएको छ ।

जिम हाउसमा पैसा तिर्नपर्ने तर खुला व्यायामशाला निःशुल्क प्रयोग गर्न सकिने भएकाले यसतर्फ आम नागरिकको आकर्षण बढेको छ । आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकार अनुप प्रधानले कैद गर्नुभएका खुला व्यायामशाला र व्ययामसम्बन्धी केही तस्बिरहरु ।