२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिस्टल प्यालेससँग बराबरीमा रोकियो म्यान्चेस्टर सिटी



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले बराबरी खेलेको छ ।

गएराति भएको खेलमा सिटीले क्रिस्टल प्यालेससँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलको चौंथो मिनेटमा नै घरेलु टोलिले ड्यानियल मुनोजको गोलबाट अग्रता लिएको थियो । ३० औं मिनेटमा एर्लिङ हालाण्डले गोल गर्दै सिटीलाई १–१ को बराबरीमा ल्याए ।

५६ औं मिनेटमा म्याक्सेन्स लाक्रोइक्सले गोल गर्दै प्यालेसलाई २–१ ले अघि बढाए । ६८ औं मिनेटमा रिको लेविसले गोल गर्दै सिटीलाई २–२ को बराबरीमा ल्याए ।

त्यसपछि दुबै टोलिबाट थप गोल हुन सकेन र खेल बराबरीमा टुंगियो । लेविस ८४ औं मिनेटमा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।

बराबरीसँगै सिटी १५ खेलबाट २७ अंकका साथ तालिकाको चौंथो स्थानमा रहेको छ भने प्यालेस १३ अंकका साथ १६ औं स्थानमा छ ।