२४ जेष्ठ २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट रास्वपा सुनसरी सभापतिमा दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईएमई लाइफको टाइम्स थ्री बिजनेस समिट सम्पन्न



अ+ अ-

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा प्रियमर क्लब विजेता एजेन्सी म्यानेजरहरुका लागि टाइम्स थ्री बिजनेस समिट सम्पन्न गरेको छ ।

चितवनको जगतपुरथित टाइगरल्यान्ड सफारी रिसोर्टमा सम्पन्न कार्यक्रममा ६० जनाभन्दा बढी उत्कृष्ट व्यवसाय गर्ने एजेन्सी म्यानजरहरुको सहभागिता थियो ।

हरेक वर्ष आयोजना हुने यो कार्यक्रम कम्पनीले आफ्ना एजेन्सी लिडरहरुलाई सहभागी गराएर गर्ने मध्येको दोस्रो ठूलो बिजनेस समिति हो । कार्यक्रमको उद्घाटन कम्पनीका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले गर्नुभएको थियो । नायव प्रमुख कार्यकारी अधिकृतहरु दिनेश अमात्य र खिलेन्द्र पौडेलले कार्यक्रमको पृष्ठभूमि तथा उद्देश्यका विषयमा मन्तव्य राख्नुभएको थियो ।

त्यसैगरी बागमती प्रदेश प्रमुख चन्द्रप्रसाद भट्टराईले सहभागीहरुलाई स्वागत गर्नुभएको थियो । भने चिफ स्ट्राटेजी अफिसर आई.आर. सुवेदीले कसरी एजेन्सी म्यानेजरहरुले आफ्नो आम्दानीलाई तीन गुणाले वृद्धि गर्न सक्ने छन् भनी आइडिया शेयर गर्नुभएको थियो ।

कार्यक्रमको व्यवस्थापन समन्वयात्मक रुपमा एजेन्सी विभाग, तालिम विभाग र ब्राण्डिङबाट भएको थियो ।

उपस्थिति सहभागीहरुलाई मानसिक रुपमा स्वस्थ र स्फूर्त हुनुपर्दछ भन्दै सामाजिक व्यक्तित्व विजयराज सिग्देलले २ घण्टाको तनाव व्यवस्थापन तथा स्वव्यवस्थापन सम्बन्धमा आध्यात्मिक सहभागितामूलक प्रस्तुति दिनुभएको थियो ।

सहभागीहरुको उत्साहपूर्ण सहभागिता रहेको कार्यक्रममा सबैलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो । सम्मानित भएपछि सबै सहभागीहरुले आगामी वर्ष कार्यक्रममा अझ उत्कृष्ट व्यवसाय गरी कम्पनीलाई उत्कृष्ट बनाउने सामूहिक प्रतिबद्धता गरेका छन् ।