२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियाले भारतलाई १० विकेटले हरायो, सिरिज १–१ को बराबरीमा



अ+ अ-

काठमाडौँ । बोर्डर–गावस्कर ट्रफीको एडिलेड टेस्टमा अष्ट्रेलियाले भारतलाई १० विकेटले पराजित गरेको छ ।

आयोजक टोलीले बिना कुनै विकेट गुमाएर १९ रनको लक्ष्य पुरा गरेको थियो । योसँगै बोर्डर–गावस्कर ट्रफीमा दुवै टोली १–१ को बराबरीमा रहेका छन् । भारतले पर्थ टेस्ट २९५ रनले जितेको थियो ।

सिरिजको तेस्रो खेल १४ डिसेम्बरबाट ब्रिसबेनको गाबा मैदानमा हुनेछ ।

एडिलेडको ओभल मैदानमा आइतबार भएको दोस्रो इनिङ्समा भारत १ सय ७५ रनमा अलआउट भएको थियो । १२८र५ को स्कोरबाट दिन सुरु गरेको टोलीले ४७ रनमा अन्तिम ५ विकेट गुमाएको थियो । ऋषभ पन्तले आज कुनै रन बनाउन सकेनन् र २८ रनमा आउट भए ।

नितिश रेड्डीले १५ रन बनाएर खेल सुरु गरे र ४२ रन बनाएर आउट भए । अष्ट्रेलियाका लागि कप्तान प्याट कमिन्सले ५ विकेट लिए । स्कट बोल्याण्डले ३ तथा मिचेल स्टार्कले २ विकेट लिए । स्टार्कले पहिलो इनिङ्समा ६ विकेट लिएका थिए ।

अष्ट्रेलियाको टोली पहिलो इनिङ्समा ३३७ रनमा अलआउट भएको थियो । ट्राभिस हेड (१४० रन)ले शतक प्रहार गरे । भारतले टस जितेर ब्याटिङ रोजे पनि टोलीले १८० रन मात्रै बनाउन सक्यो ।




भर्खरै