२५ जेष्ठ २०८३, सोमबार
,
Latest
११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिमी निसमको विकेट विशेष लाग्छ–लुम्बिनीका युवा बलर अभिशेष



अ+ अ-

काठमाडौँ । लुम्बिनी लायन्सका युवा बलर अभिशेष गौतमले डेब्युमा नै तीन लिँदै उत्कृष्ट प्रदर्शन गरेपछि जिमी निसमको विकेट नै आफ्नो लागि विशेष रहेको बताएका छन् ।

जनकपुर बोल्ट्ससँग लुम्बिनी पराजित भए पनि अभिशेषले डेब्युमा चार ओभर बलिङ गर्दै तीन विकेट लिँदा २० रन मात्र खर्चिएका थिए । खेलपछिको पत्रकार सम्मेलनमा अभिशेषले जिमी निसमजस्ता स्टार क्रिकेटरलाई नै हेरेर हुर्किएकाले उनको विकेट विशेष लागेको उल्लेख गरेका हुन् ।

उनले कप्तान रोहितकुमार पौडेल र टिमले नै बाउन्ड्री खाइरहँदा पनि राम्रो बलिङ गरेको छौ भन्दै प्रोत्साहित गरेकाले सहज भएको बताए । उनले उद्देश्य राम्रो सकेसम्म डट गराउने रहेको उल्लेख गरे । तर राम्रो बलिङ गरेँ भने विकेट पनि आउँछ भन्ने आफूमा विश्वास रहेको बताए । उनले फ्रेन्चाइजको अक्सनलाई लिएर आफू निकै उत्साहित रहे पनि पर्दिन की भन्ने डर पनि लागेको उल्लेख गरेका छन् ।

तर देव खनालले तिम्रो सम्भावना छ, टिमले लिन सक्छन् भनेर प्रोत्साहित गरेको उनले स्मरण गरे । लुम्बिनी प्रदेशबाट नियमित खेल्ने गरे पनि यो स्टेजमा खेल्नु आफ्नो लागि सबैभन्दा ठूलो अवसरका रूपमा लिएको उनको भनाइ छ । अभिशेषले कप्तान रोहित र टम मोरेस क्रिजमा हुँदा जितको सम्भावना भएपनि ती दुई विकेट गएसँगै हार व्यहोर्नुपरेको बताए । यो हारपछि टिम र आफू धेरै निराश भएको उनी बताउँछन् ।

रोमाञ्चक जितपछि जनकपुरका आसिफ शेखले लक्ष्य पूरा सहज नहुने टोलीको विश्वास रहेको र त्यहीअनुरूप बलिङ गर्दा जित सम्भव भएको बताए । उनले पिचअनुसार आफ्नो टोलीले बनाएको लक्ष्य राम्रो नै रहेको पनि उल्लेख गरे । उनले मिडल अर्डरका ब्याटिङका लागि तयार भए पनि योजनाअनुरूप हुन नसकेको बताए । टिम एकजुट भएर खेल्दा राम्रो नतिजा आइरहेको पनि उनको भनाइ छ ।

टिमको आवश्यकअनुरूप आफूले विकेटकिपिङ गर्ने गरेको उनी बताउँछन् । लगातार चार जित भएपनि ट्वान्टी–२० जहिल्यै एकै अवस्था नहुने उनको भनाइ छ । त्यसैले हरेक खेलमा राम्रो गर्नुपर्ने उनी बताउँछन् । आफूले राम्रो शुरुवात गरे पनि ठूलो स्कोर बनाउन नसक्दा आशातित अनुरूप नभएको उनको भनाइ छ ।