२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

फुलहमसँग बराबरीमा रोकियो आर्सनल, लेस्टर र ब्राइटनले पनि अंक बाँडे



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले बराबरी खेलेको छ । गएराति भएको खेलमा आर्सनलले फुलहमसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलको ११ औं मिनेटमा राउल जिमिनेजले गोल गर्दै घरेलु टोलि फुलहमलाई सुरुवाती अग्रता दिलाएका थिए । ५२ औं मिनेटमा विलियम सलिबाले गोल गर्दै आर्सनललाई १–१ को बराबरीमा ल्याए ।

खेलको अन्त्यतिर ९० औं मिनेटमा बुकायो साकाले गोल गरेपनि भिएआरले उनको गोललाई मान्यता दिएन । गाब्रियल मार्टिनेली जसले साकालाई पास उपलब्ध गराएका थिए उनी अफसाइड पोजिसनमा रहेपछि गोल रद्ध भएको थियो ।

बराबरीसँगै आर्सनल १५ खेलबाट २९ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । फुलहम २३ अंकका साथ १० औं स्थानमा छ ।

यस्तै, गएराति नै भएको अर्को खेलमा लेस्टर सिटी र ब्राइटनले पनि बराबरी खेलेका छन् । दुई गोलले पछि परेको अवस्थामा लेस्टर सिटीले पुनरागमन गर्दै बराबरी गरेको हो ।

खेलको ३७ औं मिनेटमा तारिक लाम्पटेले गोल गर्दै ब्राइटनलाई सुरुवाती अग्रता दिलाएका थिए । ७९ औं मिनेटमा यान्कुवा मिन्तेहले गोल थप्दै ब्राइटनको अग्रता दोब्बर पारे ।

यता, ८६ औं मिनेटमा जेमी भर्डी र ९०+१ औं मिनेटमा बबी डि कोर्डोभा रिडले गोल गर्दै लेस्टरलाई २–२ को बराबरीसहित हारबाट जोगाए ।

यो नतिजापछि ब्राइटन १५ खेलबाट २४ अंकका साथ तालिकाको सातौं स्थानमा छ भने लेस्टर १४ अंकका साथ १६ औं स्थानमा छ ।