७ असार २०८३, आईतवार
,
Latest
इन्जुरी समयमा निर्णायक गोलसँगै जर्मनी नकआउट चरणमा पोखरा बसपार्कभित्रका ३२० सटर हटाइयो धवलागिरिका दुर्गम गाउँमा सडक सञ्जालको पहुँच बैंक तथा वित्तीय संस्थाले अब मेरोकिताबाटै सेवा लिनुपर्ने पञ्चकन्या मन्दिरमा गौमाता शिलामूर्ति अनावरण स्विडेनमाथि नेदरल्यान्ड्सको सानदार जित अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यक्रम उत्साहपूर्ण: एमाले उपाध्यक्ष पौडेल रास्वपा महाधिवेशन: कांग्रेस, एमाले र नेकपाबाट दोस्रो तहका नेता राप्रपाबाट अध्यक्ष लिङ्देन सहभागी हुने कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाचौं नेपाल प्रिन्टप्याक र प्लास्टटेक अन्तर्राष्ट्रिय प्रदर्शनी पुस ५ देखि काठमाडौंमा



अ+ अ-

काठमाडौँ । पाचौं नेपाल प्रिन्टप्याक अन्तर्राष्ट्रिय प्रदर्शनी पौष ५ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरु हुने भएको छ ।

मिडिया स्पेस सोलुसन्स प्रा।लि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्ट्स प्रा। लि। को आयोजना पाचौं नेपाल प्रिन्टप्याक अन्तर्राष्ट्रिय प्रदर्शनी तथा पाचौं नेपाल प्लास्टटेक अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको हो ।

प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीहरुका सय भन्दा बढी स्टलहरु रहने मिडिया स्पेस सोलुसन्स प्रा।लि।का प्रवन्ध निर्देशक सिर्जल भट्टराईले बताउनु भयो । उहाँले अन्तर्राष्ट्रिय प्रदर्शनीले नेपालभर रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङ्सँग सरोकार राख्ने व्यापार व्यवसायहरुलाई एकै ठाँउ ल्याएर व्यापार साझेदारी, नविनतम प्रविधि प्रदर्शन र संवाद गर्न साझा मञ्च प्रदान गर्ने विश्वास लिएको बताउनु भयो । उक्त प्रर्दशनीमा देशभरबाट धेरै उद्यमी, अनुसन्धानकर्ता, संघ संस्थाका प्रतिनिधि आदिले आधुनिक प्रविधिहरुको अनुशरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने उद्देश्य राखिएको बताउनु भयो ।

प्रदर्शनीमार्फत विभिन्न विधामा सञ्चालन भएका उद्योग र व्यापार व्यवसायहरुलाई निर्यातका नयाँ अवसरहरु, नविनतम प्रविधिसँग सात्क्षात्कार गराउनुका साथै विभिन्न उद्योगहरुबीच प्रविधि साटासाट र सहकार्य गर्न प्रोत्साहित गर्ने आयोजकले विश्वास लिएका छन् । अन्तर्राष्ट्रिय प्रदर्शनीमा सह—आयोजकका रुपमा नेपाल मुद्रण उद्योग महासंघ तथा सहयोगी संस्थाको रुपमा नेपाल कोरोगेटेड बक्स उत्पादक संघ रहेको कार्यकारी निर्देशक भट्टराईले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो हाम्रो पुसको ५ देखि ७ गतेसम्म ९डिसेम्बर २०,२१ र २२० मा काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ । नेपाल प्रिन्टप्याक तथा नेपाल प्लास्टटेक इन्टरनेशनल एग्जीबेसन हामीले गर्दैछौँ । यो हाम्रो पाँचौँ संस्करण हो । यसमा फरक के छ भने यो भन्दा पहिला हामी फाइभ पि भनेर समग्रतामा जोडेर ल्याउँथ्यौँ । यो पालि हामीले इण्डस्ट्रबाइजललाई छुट्याएका छौँ । जसमा प्याकेजिङ, प्रिन्टिङ अनि प्लाष्टिक सम्बन्धी टेक्नोलोजीहरु, यसका कम्पनीहरुलाई हामीले एउटै छानामुनि ल्याएर यो प्रदर्शनी आयोजना गर्दैछौँ ।’

प्रदर्शनिमा प्लास्टिक प्रोसेसिङ् मसिनरीका उत्पादकहरु, स्क्रिन प्रिन्टिङ, ईन्डक्सन मोल्डिङ मसिन, प्रिन्टिङ मसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेशनरी मसिनरी, प्रिन्टिङ स्पेर पार्टस, पेपर मसिनरी, पेपर कप मसिनरी, सबै खालका कागज र स्पेर पाटर््स, प्याकेजिङ् मसिनरी, लेबल उत्पादक, कोरुगेटेड बक्स उत्पादक लगायतका संस्थाहरुको सहभागिता रहनेछ ।