२५ जेष्ठ २०८३, सोमबार
,
Latest
‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत र अस्ट्रेलिया बीचको ब्रिस्बेन टेस्ट बराबरीमा सकियो



अ+ अ-

ब्रिस्बेन: अस्ट्रेलियाको ब्रिस्बेनमा भएको भारत–अस्ट्रेलिया बीचको तेस्रो टेस्ट क्रिकेट बराबरीमा समाप्त भएको छ । यसअघि दुबै टिमले एक एक खेल जितेर पाँच म्याचको शृंखला बराबरीमा रहेको छ ।

बर्षाले प्रभावित यस खेलको अन्तिम दिन समेत बर्षाले पटकपटक अबरुद्ध बनेको थियो ।

यसअघि पहिलो दिन टस जितेर भारतले अस्ट्रेलियालाई ब्याटिङको निम्तो दिएको थियो । अस्ट्रेलियाले पहिलो इनिङमा ट्राभिस हेड र स्टिभन स्मिथको शतकका मद्दतले ४४५ रन बनाएको थियो ।

तर भारतले भने पहिलो इनिङमा खासै उत्साहजनक प्रदर्शन गर्न सकेको थिएन । फलो अनमा पर्ने सम्भावना बीच भारतका अनुभवी अलराउन्डर रबिन्द्र जडेजाले ७७, के एल राहुलले ८० तथा आकाश दीपले ३१ रनको मद्दतले २६० रनमा अलआउट हुँदै फलो अन जोगाएको थियो ।

यसपछि दोस्रो इनिङमा ब्याटिङमा उत्रेको अस्ट्रेलियाले छिटोछिटो रन बनाउने क्रममा ८९ रनमा सात विकेट गुमाएको थियो । तर भारतसामु जितका लागि २७५ रन बनाउनुपर्ने चुनौतीपूर्ण लक्ष्य थियो ।

पाँचौं दिन करिब ५२ ओभरमा २७५ रन बनाउनुपर्ने लक्ष्य पछ्याउन भारतलाई कठिन नै थियो, तर भारतले स्कोरबोर्डमा ८ रन बनाउँदै वर्षाले खेल अबरुद्ध भयो र अन्तत: खेल बराबरीमा सकियो । एजेन्सी