२५ जेष्ठ २०८३, सोमबार
,
Latest
‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

हङकङलाई २२६ रनले पराजित गर्दै एक खेलअगावै नेपालले जित्यो सिरिज



अ+ अ-

काठमाडौं । एक दिवसीय यू-१९ सिरिजमा नेपालले हङकङलाई २२६ रनको भारी अन्तरले हराएको छ । यससँगै नेपालले लगातार दुई खेलमा जित निकाल्दै एक खेलअगावै  सिरिज आफ्नो पक्षको पारेका छ ।

मूलपानी क्रिकेट मैदानमा नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याएको हङकङ २९ ओभर ४ बलमा ७१ रनमा समेटियो । उसका कप्तान शिव माथुरले सर्वाधिक १६ रन जोडे । प्रित मांगुकियाले १४ र आरेज डरले १५ रन बनाउदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

हङकङलाई सस्तैमा समेट्न नेपालका दयानन्ड मण्डलले ४ विकेट लिए । अपराजित पौडेल र किर्बिन श्रेष्ठले दुई/दुई तथा नरेन भट्ट र सन्तोष यादवले एक/एक विकेट लिए ।

त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २९७ रन बनाएको थियो । नेपालका लागि ओपनर सोहिल कुँवरले सर्वाधिक ८१ रन जोडेका थिए । कुँवरले १०९ बलमा ९ चौका र एक छक्का प्रहार गरे । सन्तोष यादव ६६ रनमा अविजित रहँदा कप्तान अभिषेख तिवारीले २६, अपराजित पौडेल ११, दिलसद अलिले ४१ रन बनाए ।

बलिङमा हङकङका डेनियल म्यापले ३ विकेट लिए ।

अन्तिम खेल शुक्रबार हुनेछ ।