२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण गर्ने संस्था श्रम मन्त्रालय मातहत राख्नुपर्छः मन्त्री भण्डारी



अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको स्वास्थ्य परीक्षण गर्न एउटा छुट्टै संस्था स्थापना गरेर श्रम मन्त्रालय मातहत आवश्यकता रहेको बताउनुभएको छ ।

मंगलवार अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्नको लागि कानूनले व्यवस्था गरेअनुसारको संस्था खोल्न सरकार लागिपरेको बताउनु भयो । उहाँले स्वास्थ्य मन्त्रालय मातहत रहेको कारण स्वस्थ्य परीक्षण गर्ने संस्थाहरुले बद्मासी गरेपनि श्रम मन्त्रालयले कारबाही गर्नसक्ने अवस्था नरहेको बताउनु भयो । उहाँले वेदैशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थाहरुलाई मापदण्डमा ल्याउन सकेको अवस्थामा श्रमिकहरु डेथ ट्र्यापमा पर्ने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अब नेपाल सरकार, श्रम मन्त्रालयले ऐन र कानूनको आधारमा वैदेशीक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्नको निम्ति कानूनले व्यवस्था गरेको संस्था श्रम मन्त्रालयले दर्ता गर्छ । स्वास्थ्य सम्बन्धी त स्वास्थ्य मन्त्रालयले हेर्ने हो नि त । तर श्रम मन्त्रालयले आफू मातहत राख्छ । गर्छ किनभने वैदेशीक रोजगारीमा जाने नागरिकको स्वास्थ्यमा भोलिको दिनमा केही समस्या परेको खण्डमा उक्त संस्थालाई कारबाही गर्ने अधिकार श्रम मन्त्रालयसँग हुन्छ । बन्द गर्ने अधिकार नि हुन्छ । अहिले यो काम ठूला—ठूला अस्पतालहरुले गरिरहेका छन् । अब उनीहरुले बद्मासी गरेको अवस्थामा कसले कारबाही गर्ने रु श्रम मन्त्रालय ले त सक्दैन । यसो गर्न सकेको अवस्थामा वैदेशीक रोजगारीमा जाने श्रमिकहरु डेथ ट्र्यापबाट जोगाउन सकिन्छ ।’

उहाँले वैदेशिक रोजगारीको क्षेत्रमा रेहका समस्याहरुको समाधान गर्नको सरकार र रोजगारदाताहरुले चनाखो भएर लाग्नुपर्ने बताउनु भयो । त्यस्तै, कार्यक्रममा बोल्दै संयुक्त ट्रेड युनियन समन्वय केन्द्र ९जेटियुसिसी० का अध्यक्ष योगेन्द्र कुँवरले वैदेशिक रोजगारको क्षेत्रमा रेहका समस्याहरुको समाधान गर्नको लागि उपलब्ध ऐन र कानूनरुको सही कार्यान्वयन आवश्यक रहेको बताउनु भयो । उहाँले ऐन र कानूनहरुको सही कार्यान्वयन नगरिँदा वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले दुख पाइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘वैदेशिक रोजगारसम्बधी ऐन र कानूनहरुको सही कार्यान्वयन गर्न जरुरी रहेको छ । कानून र नीति पर्याप्त छन्, समस्या छैन । त्यो लागू नहुँदाको समस्या हो । सबै बसेर कानून बनाएका छौं । तर सबै बसेर त्यो कानून कार्यान्वयनको लागि आवाज उठाउनुपर्ने समस्या छ ।’

उहाँले सरकारलाई श्रम नीति र वैदेशिक रोजगारीसम्बन्धी ऐनको कार्यान्वयनको लागि दबाब दिनुपर्ने बताउनु भयो ।