२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ब्यारेकजस्तै बाँकेका सुरेन्द्र सिंहको घर
तपाईं के खोज्दै हुनुहुन्छ ?

जितले उत्साहित कर्णाली र हारले घायल जनकपुरबीचको भिडन्त आज



अ+ अ-

काठमाडौं । नेपाल प्रिमियर लिग –एनपीएलको दोस्रो क्वालिफायर खेल आज हुँदै छ । दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सको सामना गर्ने छ ।

दोस्रो क्वालिफायर खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो १२ बजे हुने छ । कर्णाली याक्स बुधबार भएको एलिमिनेटर खेलमा बलियो प्रतिस्पर्धी चितवन राइनोजलाई हटाउँदै क्वालिफायरमा पुगेको हो ।

जनकपुर बोल्ट्स भने बुधबार नै भएको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्ससँग ८ विकेटले पराजित भएपछि दोस्रो क्वालिफायर खेल्न बाध्य भएको हो । दोस्रो क्वालिफायर खेलमा विजयी हुने टोलीले फाइनलमा उपाधिका लागि पहिलो क्वालिफायरको विजेता सुदूरपश्चिमसँग खेल्ने छ ।

कर्णाली याक्स र जनकपुर बोल्ट्सबीचको दोस्रो क्वालिफायर खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । कर्णाली याक्स प्रारम्भिक चरणको खेलबाट आठ अंक बटुल्दै तालिकामा चौथो भएर प्रतियोगिताको प्ले अफ चरणमा पुगेको हो ।