२५ जेष्ठ २०८३, सोमबार
,
Latest
‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

टस हारेर बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल, खेल ११ ओभरमा घटाईयो



अ+ अ-

काठमाडौं । मलेसियामा जारी यु १९ महिला एसिया कपमा वर्षा रोकिएपछि नेपाल र बंगलादेशको खेल सुरु भएको छ ।

नेपाली समय अनुसार बिहान ११ः१५ मा हुनु पर्ने टस वर्षाका कारण हुन सकेको थिएन । झन्डै २ घण्टापछि सुरु भएपछि खेल ११ ओभरमा घटाईएको छ ।

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा बंगलादेशविरुध टस हारेर अहिले नेपालले ब्याटिङ गरिरहेको छ ।

नेपाललाई फाइनल पुग्न आजको खेल जित्नैपर्ने दबाब छ । भारत ७ अंकसहित फाइनल पुगिसकेको छ । नेपाल र बंगलादेशको समान ४/४ अंक छ । आजको खेलमा अंक बाडेमा नेट रनरेटका आधारमा बंगलादेश फाइनल पुग्नेछ ।