२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

नौ गोलको थ्रिलिङ म्याचमा लिभरपुलले टोटेनहमलाई हरायो



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ ।

गएराति भएको खेलमा लिभरपुलले टोटेनहमलाई ६–३ गोलले हराएको हो । टोटेनहमको घरेलु मैदानमा लिभरपुललाई सानदार जित दिलाउन लुइस डियाज र मोहम्मद सलाहले दुई–दुई गोल गरे भने म्याक एलिस्टर र डोमिनिक सोबोस्लाईले एक–एक गोल गरे ।

टोटेनहमका जेम्स म्याडिसन, डेजान कुलुसेभ्स्की र डोमिनिक सोलान्कीले गोल गरे । जितसँगै शीर्षस्थानको लिभरपुलले अंकदुरी बढाएको छ ।

उसको १६ खेलबाट ३९ अंक छ । दोस्रो स्थानको चेल्सीको १७ खेलबाट ३५ अंक छ । टोटेनहम २३ अंकका साथ ११ औं स्थानमा छ ।