२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोजपुरमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, तीन जनालाई काठमाडौँ पठाइयो



अ+ अ-

भोजपुर । जिल्लाको बोखिममा जिप दुर्घटना हुदाँ घाइते भएका एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका १० जनामध्ये गम्भीर अवस्थामा रहेका तीन जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।

भोजपुरबाट टेम्कैमैयुङ गाउँपालिकाको चखेवातर्फ जाँदै गरेको प्रदेश १–०२–००२ च ६९२३ नं को जिप आज बिहान भोजपुर नगरपालिका–५, बोखिममा दुर्घटना हुँदा जिपमा सवार ११ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । घाइते एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको गौरादह नगरपालिका–७ का झम्कबहादुर घले रहेका उहाँले जानकारी दिनुभयो ।

गम्भीर घाइते भोजपुर नगरपालिका–५ का लाक्पादिकी शेर्पा, सोही वडाका रामकुमार राई र सुनसरीको धरान उपमहानगरपालिका–२ का इहायाराना सुब्बालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँस्थित केएमसी अस्पताल पठाइएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो । घाइते अन्यको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको छ ।

उहाँले दुर्घटनामा झापा गौरादहका ६६ वर्षीय झम्कबहादुर घले, सोही ठाउँकी ५८ वर्षीया देवीकला घले, इलामका ४२ वर्षीय नविनकुमार राई, निजका ३१ म्हिनाका छोरा निगेल राई, भोजपुर बोखिमका ३५ वर्षीया लाक्पादिकी शेर्पा, बोमिमका ४० वर्षीया जुनुका राई, सोही ठाउँका रामकुमार राई, चालक धरानका ४० वर्षीय सुदिप लिम्बु, बोखिमका ४१ वर्षीय राजकुमार राई, धरानका ३८ वर्षीया इयाहाराना सुब्बा र इलामका ३३ वर्षीया मेनुका घले घाइते भएका जानकारी दिनुभयो ।