२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

वन्यजन्तु संरक्षणमा सदर चिडियाखानाको भुमिका उल्लेखनीयः वनमन्त्री ठकुरी



अ+ अ-

काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सरकारले प्रकृतिको संरक्षण गर्ने जिम्मा लिएर काम गरिरहेको दाबी गर्नुभएको छ ।

आईतवार राष्ट्रिय प्रकृति संरक्षण कोषले ललितपुरमा आयोजना गरेको सदर चिडियाखानाको २९ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री ठकुरीले यस्तो दाबी गर्नुभएको हो ।

उहाँले जलवायु परिवर्तन र पर्यावरणको प्रभावलाई न्युनिकरण गर्ने काममा सरकार सक्रिय रहेको बताउनु भयो । उहाँले सदर चिडियाखानाले वन्यजन्तुको व्यवस्थापन र संरक्षणमा उल्लेखनीय भुमिका खेलेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले चिडियाखानाको व्यवस्थापन राष्ट्रिय प्राकृतिक संरक्षण कोषलाई हस्तान्तरण भएपश्चात वन्यजन्तुको संरक्षण, बासस्थानको पुनर्निर्माण, वन्यजन्तु अस्पताल र वन्यजन्तुको लागि पोषणयुक्त दानापानीको समेत व्यवस्था गर्न सफल भएको दाबी गर्नुभयो । कोषको अध्यक्ष समेत रहनुभएका उहाँले वन्यजन्तु संरक्षणका लागि सबैको समन्वय र सहकार्य आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘२९ वर्षमा सदर चिडियाखानाले वन्यजन्तुको व्यवस्थापन, संरक्षण, र आगन्तुकहरुलाई मनोरञ्जन प्रदान गर्न उल्लेखनीय भुमिका निर्वाह गर्दै आएको पाइएको छ । सदर चिडियाखानाको व्यवस्थापन कोषलाई हस्तान्तरण भएपश्चात वन्यजन्तुको संरक्षण, बासस्थानको पुनर्निर्माण गरिएको छ भने एम्बुलेन्सको व्यवस्था, दक्ष जनशक्तिसहितको अस्पताल समेत सञ्चालनमा आएको छ । वन्यजन्तुहरुहरुलाई उपयुक्त पोषण र पोषणयुक्त दानापानीको समेत व्यवस्था हुँदै आएको छ । साथै वन्यजन्तु कल्याणकारी व्यवस्थापनलाई प्राथमिकामा राखेर विभिन्न कार्यहरु हुँदै आएको पनि मैले पाएको छु । यसका अलावा चिडियाखानामा वन्यजन्तुको उपचार र पुनःस्थापनामा समेत बन तथा वातावरण मन्त्रालय मातहतका विभिन्न निकायहरुसँग सहकार्य र समन्वय गरि उल्लेख्य भुमिका निर्वाह गरेको पनि पाएको छु ।’

‘सदर चिडियाखानाले संरक्षण शिक्षाका लागि डिजिटल प्लेटफर्मसहितको संरक्षण शिक्षा सञ्चालनमा ल्याइएको छ । हालसम्म चिडियाखानाले ५०० वटा विद्यालयहरुसँग संरक्षण शिक्षामा विविध कार्यहरु गर्दै सराहनीय कार्य गर्दै आएको छ । यसबाट फ्रेण्ड्स अफ जूका माध्यमबाट सम्बन्ध बिस्तार गरेको देखिन्छ । आगन्तुकहरुको लागि भौतिक पूर्वाधार समेत धेरै हदसम्म व्यवस्थापन भएको पाइएको छ । समग्रमा चिडियाखाना हालको अवस्थामा आइपुग्दासम्मका लागि आर्थिक रुपमा सञ्चालनका दिगो र सफल रहेको देखिन्छ । यसका लागि कोषको एकल प्रयास मात्र पर्याप्त थिएन । यसका लागि नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय र विषेश गरि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग वन तथा भूसंरक्षण विभाग लगायतको उल्लेख्य भुमिका छ । बद्लिदो परिवेशमा हामीले नयाँ ढंगबाट काम गरिरहेको अवस्था छ । अहिले हामी प्रकृतिको संरक्षण गर्ने जिम्माका साथै जलवायु परिवर्तन र पर्यावरणको प्रभावलाई न्युनिकरण गर्ने लगायतका कामहरु समेत गरिरहेका छौं ।’

उहाँले मानव र वन्यजन्तुबीचको द्वन्द्व न्युनिकरण गर्नको लागि चिडियाखानाहरुको महतवपूर्ण भुमिका रहेको बताउनु भयो ।