३० जेष्ठ २०८३, शनिबार
,
Latest
अमेरिका-इरान सम्झौता निकै नजिक गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान विभागले तय गर्‍यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक लागूऔषधसहित १३ जना पक्राउ उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

बहराइनका राजकुमार सहितको टोलीबाट लोबुचे हिमाल सफलतापूर्वक आरोहण



अ+ अ-

काठमाडौं ।  लबुचे र मनास्लु हिमाल आरोहण गर्न नेपाल आएका बहराइनका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खलिफाको टोलीले शनिबार  लोबुचे हिमाल सफलतापूर्वक आरोहण गरेको छ ।आरोहण टोलीले शनिबार बिहान ८ बजेर ५० मिनेटमा  ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे हिमाल आरोहण गरेका सेभेन समिट ट्रेक्स प्रा.लि.ले जनाएको छ ।

दुईसाता अघि  २ महिनाको लागि नेपाल आएको  राजकुमार सहितको आरोहण टोलीलाई एक साताको   क्वारेन्टिन बसाई अवधि पुरा  गरेपछि आश्विन ६ गते  मंगलबार पर्यटन बिभागले आरोहण अनुमति दिएको हो ।

 यो आरोहण दलमा १८ सदस्य  रहेका छन् ।बहराइनका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खलिफाको नेतत्वको १८ सदस्यीयको हिमाल आरोहणको ब्यबस्थापन  सेभेन समिट ट्रेक्स प्रा.लि.ले मिलाएको हो ।