३० जेष्ठ २०८३, शनिबार
,
Latest
उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त माथिबाट खसेको ढुङ्गा लाग्दा १५ वर्षीया किशोरीको मृत्यु काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्घाखाँचीका सिडिओ र सहायक सिडिओलाई कोरोना पुष्टि



अ+ अ-

अर्घाखाँची । अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार प्रअजि विष्णु पौडेल र सहायक प्रजिअ विक्रम थापालाई संक्रमण पुष्टि भएको हो । 

शीतगंगा नगरपालिका कोठिया तथा सन्धिखर्क नगरपालिका भुजुंगे क्षेत्रमा पहिरोपीडितलाई राहत वितरण गर्न गएका प्रजिअ पौडेललाई ज्वरो, रूघाखोकी लागेपछि  स्वाब परीक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ आएपनि सहायक प्रजिअ थापामा भने कोरोनाका लक्षण देखिएको छैन। कोरोना पोजेटिभ देखिएपछि प्रजिअ र सहायक प्रजिअ होम आइसोलेसनमा बसेका छन्।  

जिल्ला प्रशासन कार्यालयले काम भने रोकेको छैन। अर्का सहायक प्रजिअ विनोद खनाललगायत कर्मचारी कार्यालयमा छन्। उनीहरूले सेवाग्राहीका काम गरिरहेका छन्।