अर्घाखाँची । अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार प्रअजि विष्णु पौडेल र सहायक प्रजिअ विक्रम थापालाई संक्रमण पुष्टि भएको हो ।
शीतगंगा नगरपालिका कोठिया तथा सन्धिखर्क नगरपालिका भुजुंगे क्षेत्रमा पहिरोपीडितलाई राहत वितरण गर्न गएका प्रजिअ पौडेललाई ज्वरो, रूघाखोकी लागेपछि स्वाब परीक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ आएपनि सहायक प्रजिअ थापामा भने कोरोनाका लक्षण देखिएको छैन। कोरोना पोजेटिभ देखिएपछि प्रजिअ र सहायक प्रजिअ होम आइसोलेसनमा बसेका छन्।
जिल्ला प्रशासन कार्यालयले काम भने रोकेको छैन। अर्का सहायक प्रजिअ विनोद खनाललगायत कर्मचारी कार्यालयमा छन्। उनीहरूले सेवाग्राहीका काम गरिरहेका छन्।












