३० जेष्ठ २०८३, शनिबार
,
Latest
अमेरिका-इरान सम्झौता निकै नजिक गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान विभागले तय गर्‍यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक लागूऔषधसहित १३ जना पक्राउ उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

ईश्वर पोखरेलका सम्धी कोइरालाले सञ्चालक समितिको सदस्यको रुपमा लिए सपथ



अ+ अ-

काठमाडौं । डा. उपेन्द्र कोइरालाले राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिको सदस्यको रुपमा सपथ लिएका छन् । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी रहेका कोइरालालाई नियुक्ति दिएको भन्दै सार्वजनिक आलोचना भएपछि उनी हाल बैंकको सञ्चालक समितिको अध्यक्ष चयन भएका छैनन् ।

बैंक स्रोतका अनुसार अब बस्ने सञ्चालक समिति बैठकले कोइरालालाई अध्यक्ष चयन गर्नेछ । उनले सपथ लिएपछि अब अध्यक्ष बन्ने पक्का भएको स्रोतको भनाइ छ ।

कोइरालाले बैंकको सञ्चालक समितिको अध्यक्षता गर्दै आएका सञ्चालक धनीराम शर्मासमक्ष सपथ लिएका छन्।