काठमाडौं । नेपाल आयल निगम (एनओसी) का कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलको कोरोना भइरस परिक्षण रिपोर्ट पोजेटिभ आएको छ । पौडेललाई बिहिबार पीसीआर परिक्षण पछि कोरोना पोजेटिभ पुष्टि भएको हो । उनी पछिल्लो तीन दिनदेखि होम आइसोलेसनमा रहेका थिए ।
आफ्नो कोरोना संक्रमणको रिपोर्ट पोजेटिभ आएसँगै निर्देशक पौडलले जानकारी गराएका थिए। यद्यपि,संक्रमणको रिपोर्ट पोजेटिभ आएपनि सामान्य ज्वरो बाहेक आफुलाई अन्य लक्षण आफुमा नदेखिएको पौडेलले जानकारी दिएका छन् ।












