३० जेष्ठ २०८३, शनिबार
,
Latest
उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त माथिबाट खसेको ढुङ्गा लाग्दा १५ वर्षीया किशोरीको मृत्यु काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सप्तरीका एक कोरोना संक्रमित पुरुषको उपचारका क्रममा धरानमा मृत्यु



सांकेतिक तस्बिर
अ+ अ-

धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका सप्तरीको राजविराज–४ निवासी ३९ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिरहँदा बुधबार बिहान निधन भएको डा। सापकोटाले जनाकारी गराए ।

उनलाई उच्च रक्तचाप, मधुमेह र मिर्गौलाको दीर्घकालिन समस्या रहेको थियो ।

गत असोज ९ गते उनलाई संक्रमण पुष्टि भएर १० गतेदेखि अस्पतालमा भर्ना गरिएको थियो । गोल्डन हस्पिटल विराटनगरमा उपचाररत उनमा ज्वारो, खोकी र श्वासप्रश्वासमा कठिनाइ भएपछि कोभिड–१९ को संक्रमणको आशंका गरी प्रतिष्ठानमा रिफर गरिएको थियो ।