२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जय ट्रफी एलिट कपः आर्मीले पुलिसलाई १ सय ७२ रनको लक्ष्य दियो



अ+ अ-

काठमाडौं । जय ट्रफी मेन्स एलिट कपअन्तर्गत त्रिभुवन आर्मी क्लबले पुलिसलाई जितका लागि १७२ रनको लक्ष्य दिएको छ।

दोस्रो इनिङ सुरू गरेको आर्मीले टी ब्रेकसम्म पुग्दा अलआउट हुँदै १७५ रन बनाएको छ। योसँगै आर्मीले १७१ रनको अग्रता कायम गर्दै पुलिसलाई जितका लागि १७२ रनको लक्ष्य दिएको हो ।

आर्मीका सोमपाल कामी ८२ रनमा अविजित रहे। तृतराज दासले ३४ रन बनाए।

पुलिसका कुशल भुर्तेलले ४ विकेट लिँदा गुल्शन झाले ३, ललित राजवंशीले २ तथा राशिद खानले १ विकेट लिए।

आर्मीले पहिलो पारीमा १ सय २१ रन र पुलिसले १ सय २५ रन बनाएको थियो ।