२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेशविरूद्ध कुशल भुर्तेलको अर्धशतक



अ+ अ-

काठमाडौँ । जय ट्रफी मेन्स एलिट कप २०८१ अन्तर्गत बुधबार तेस्रो खेलमा नेपाल पुलिस र मधेश प्रदेशबीच खेल जारी छ ।

मधेश पहिलो इनिङमा अलआउट भएपछि आफ्नो पहिलो इनिङ सुरू गरेको पुलिसका लागि ओपनर कुशल भुर्तेलले अर्धशतक बनाएका छन् । उनले ६८ बलमा ६३ रनको पारी खेले । जसमा १० चौका समावेश थियो ।

यो समाचार लेख्दासम्म पुलिसले २५.२ ओभरमा एक विकेटको क्षतिमा ११३ रन बनाएको छ । क्रिजमा अर्का ओपनर दिलिप नाथले ३४ रन बनाएर खेलिरहेका छन् ।

खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मधेश पहिलो इनिङमा १२९ रनमा समेटिएको थियो । मयन यादवले सर्वाधिक ५९ रन बनाउँदा निरज यादवले २९ रन बनाए ।

पुलिसका गुल्शन झाले १३ ओभरमा ४० रन दिएर ५ विकेट लिए । कुशल भुर्तेलले २ विकेट लिँदा सर्वन यादव र ललित राजवंशीले एक-एक विकेट लिए ।

पहिलो खेलमा मधेशले बागमतीसँग ड्र खेलेको थियो भने पुलिसले आर्मीसँग ड्र खेलेको थियो ।