३० जेष्ठ २०८३, शनिबार
,
Latest
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था पाल्पामा ८४२ एचआइभी सङ्क्रमितः नियमित औषधि सेवन गर्ने ३५४ जना
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाज कल्याण परिषदलाई हालसम्मको स्वीकृत बजेटको सालगत विवरण उपलब्ध गराउन निर्देशन



अ+ अ-

काठमाडौं । संसदीय समितिले समाज कल्याण परिषदलाई स्थापना कालदेखि अहिलेसम्म गैर सरकारी संस्थामार्फत सञ्चालन भएका योजनाका लागि स्वीकृत बजेटको सालगत विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । संसदको महिला तथा सामाजिक सििमतले परिषदको स्थापनाकालदेखि अहिलेसम्म विभिन्न गैरसकारी संस्थाहरुले परियोजना सञ्चलनका लागि स्वीकृत भएको रकमको विवरण उपलब्ध गराउन निर्देशन दिएको हो । 

यस्तै काठमाण्डौ उपत्यका लगायतका स्थानमा रहेका जमिन तथा भौतिक संरचना उपभोग गर्न दिए वापत प्राप्त हुने रकम प्रचलित दररेट भन्दा न्यून रहेको, लिज वा भाडामा दिने प्रक्रिया अपारदर्शी रहेको, प्रतिस्पर्धाको अभाव रहेको, आन्तरिक कार्य सञ्चालनका लागि समेत गैर सरकारी संस्थाबाट अनुचित लाभ लिने गरेको जस्तो आरोप लाग्ने गरेकामा सो सम्बन्धमा सत्य तथ्य जानकारी गराउन पनि समितिले निर्देशन दिएको छ । यस्तै अहिले देशभरी ५० हजार संघ संस्थाहरु दर्तामा रहेको पाइएको मा नेपालको सन्दर्भमा यतिको संख्या आवश्यक रहे, नरहेको विषयमा स्पष्ट धारणा सार्वजनकि गर्न निर्देशन दिइएको समिति सभापति निरुदेवी पालले बताए ।

नविकरण नभएका संस्थालाई खारेज नगर्दा समाज कल्याण परिषद्को अवस्था, दुरदृष्टि र देशको आवश्यकताकाको समिक्षा गर्ने प्रवृत्ति स्पष्ट देखिएको सो विषयमा समेत स्पष्ट धारणासहित कार्य सम्पादन गर्नपनि समितिले निर्देशन दिएको छ । यस्तै समितिले राष्ट्रिय प्राथमिकताको आधारमा क्षेत्रगत सन्तुलन कायम हुने गरि परियोजनालाई स्वीकृति तथा व्यवस्थापन गर्न, तथा स्वीकृत परियोजनाहरुको समय सीमा सहितको स्पष्ट कार्ययोजना र कार्यान्वयन तथा परियोजनाको परिपालनामा विशेष ध्यान दिन समितिले निर्देशन दिएको छ ।