३ असार २०८३, बुधबार
,
Latest
गाउँपालिकास्तरीय लोकनृत्य प्रतियोगितामा किस्पाङ बहुप्राविधिक शिक्षालय प्रथम व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश वेस्ट बैङ्कस्थित मस्जिदमा आगजनी र तोडफोड उत्तरपश्चिम पाकिस्तानमा प्रहरी कारबाहीमा तीन आतङ्ककारी मारिए सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारी, भुवनको अग्रता कायमै झलनाथले मागे प्रचण्ड र माधवको राजीनामा-पत्रसहित कुटनीतिक पहलमार्फत चिया निर्यातमा देखएिको अवरोध हटाउन माग ‘नागरिक चौतारी’: सरकारलाई सिधै सुझाव दिन मिल्ने डिजिटल प्लेटफर्म कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

राससका कार्यकारी अध्यक्ष झा सम्मानित



अ+ अ-

महेन्द्रनगर । राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झालाई नेपाल पत्रकार महासङ्घ धनुषाद्वारा आज जनकपुरधाममा ‘उमा सिंह राष्ट्रिय पत्रकारिता सम्मान’ प्रदान गरिएको छ ।

सोही समारोहमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्मा र नेपाल पत्रकार महासङ्घ धनुषाका पूर्वअध्यक्ष उमेश साह पनि सम्मानित हुनुभएको छ ।

अध्यक्ष शर्माको प्रमुख आतिथ्यमा महावीर युवा कमिटीद्वारा रु ११ हजार नगदसहित पत्रकार साहलाई सम्मान गरिएको हो ।

त्यस अवसरमा राससका कार्यकारी अध्यक्ष एवं नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष झाले सहिद पत्रकार उमा सिंह हत्याको पुनः छानबिन हुनुपर्नेमा जोड दिनुभयो । साथै अध्यक्ष झाले पत्रकारको हकहित एवं सुरक्षामा राज्यका निकायहरु गम्भीर हुनुपर्ने बताउनुभयो ।

कार्यक्रम नेपाल पत्रकार महासङ्घ धनुषाका शाखाका अध्यक्ष पुरन साहको अध्यक्षतामा भएको थियो ।