२० असार २०८३, शनिबार
,
Latest
शासकीय सुधार कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत सरकारका सय दिनका उपलब्धि सार्वजनिकः मन्त्रालय घटाउँदा २० अर्ब बचत पार्टी विभाजन र आन्तरिक निराशाले ‘पपुलिजम’ मौलायोः महासचिव पोखरेल बालेन सरकारको १०० दिन: सिंहदरबारमा पत्रकार सम्मेलन हेटौँडामा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते राष्ट्रियसभाः बाढीपहिरोले अवरुद्ध राजमार्ग तत्काल सञ्चालनमा ल्याउन माग मुलुकलाई एफएटिएको ‘ग्रे लिस्ट’बाट हटाउन सरकार प्रतिबद्ध छ : अर्थमन्त्री सीपीसीको १०५ वर्षः नेपाल–चीन साझा भविष्य निर्माणमा सहकार्यको प्रतिबद्धता नेपालमा विदेशी पर्यटक बढे सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यस्ता छन् उपलब्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिममा ७७ हजारको कोरोना परीक्षण



अ+ अ-

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा झण्डै ७७ हजारको कोरोना परीक्षण गरिएको छ । प्रदेशका नौ वटै जिल्लाबाट सङ्कलन गरिएका ७६ हजार ६८८ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । धनगढी प्रयोगशालामार्फत ४१ हजार ८१६, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रदेश बाहिरका अन्य प्रयोगशालामार्फत १६ हजार ३१८, डडेल्धुरा अस्पतालको प्रयोगशालामार्फत १६ हजार ६९९, जिल्ला अस्पताल डोटीको प्रयोगशालामार्फत तीनहजार ४७८ र बैतडी जिल्ला अस्पतालको प्रयोगशालामार्फत १९३ जनाको कोरोना परीक्षण भएको छ । 

निर्देशनालयका अनुसार अहिलेसम्म परीक्षणका लागि ८० हजार ९७ जनाको स्वाब सङ्कलन गरिएकामा एक हजार ४०९ जनाको परीक्षण रिर्पोट आउन बाँकी छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा अहिलेसम्म परीक्षण गरी झण्डै नौ प्रतिशत अर्थात् छ हजार ९०० मा कोरोना पुष्टि भएको छ ।
सबैभन्दा बढी कैलालीमा दुई हजार ११०, डोटीमा एक हजार ५०, अछामका ९९४, कञ्चनपुरमा ७७५, बाजुरामा ६३०, बझाङमा ५१९, बैतडीमा ३८९, डडेल्धुरामा ३४८ र दार्चुलामा ८७ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि भएका पाँच ७६७ बढीले कोरोना जितेका छन् भने १५ जनाको मृत्यु भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार कैलालीमा एक हजार ६८७, डोटीमा ९३४, अछाममा ९१२, कञ्चनपुरमा ७१२, बाजुरामा ४४२, बझाङमा ३८८, बैतडीमा ३२६, डडेल्धुरामा ३१६ र दार्चुलामा ४५ जना सङ्क्रमित डिस्चार्ज भएका छन् ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या ५ हजार ९०० नाघेको छ । उनीहरुमध्ये १५ जनाको मृत्यु भइसकेको छ ।