२० असार २०८३, शनिबार
,
Latest
शासकीय सुधार कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत सरकारका सय दिनका उपलब्धि सार्वजनिकः मन्त्रालय घटाउँदा २० अर्ब बचत पार्टी विभाजन र आन्तरिक निराशाले ‘पपुलिजम’ मौलायोः महासचिव पोखरेल बालेन सरकारको १०० दिन: सिंहदरबारमा पत्रकार सम्मेलन हेटौँडामा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते राष्ट्रियसभाः बाढीपहिरोले अवरुद्ध राजमार्ग तत्काल सञ्चालनमा ल्याउन माग मुलुकलाई एफएटिएको ‘ग्रे लिस्ट’बाट हटाउन सरकार प्रतिबद्ध छ : अर्थमन्त्री सीपीसीको १०५ वर्षः नेपाल–चीन साझा भविष्य निर्माणमा सहकार्यको प्रतिबद्धता नेपालमा विदेशी पर्यटक बढे सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यस्ता छन् उपलब्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

५० प्रतिशत काम गरेपनि भ्याक्सिन प्रयाेगमा स्वीकृत दिनुपर्छः भारत सरकार



अ+ अ-

नयाँदिल्लीः काेराेनाभाइरस विरूद्धकाे खाेपकाे दाैडमा रहेकाे भारतमा प्रामाणिक खाेप तयार भइसकेकाे छैन । तर भारतीय स्वास्थ्य अनुसन्धान परिषदले श्वासप्रश्वास राेग विरूद्धका खाेपहरूकाे प्रभावकारिता १०० प्रतिशत नहुने जनाउँदै ५० प्रतिशत वा साेभन्दा बढी प्रभावकारिता हुने खाेपलाइ प्रयाेगमा स्वीकृति दिइने जनाएकाे छ ।

परिषदका महानिर्देशक डा बलराम भार्गवले जतिसक्दाे बढी प्रभावकारी खाेप निर्माण र प्रयाेग, वितरणमा जाेड दिइने बताउनुभयाे ।

उहाँले भन्नुभयाे, श्वासप्रश्वास राेग विरूद्धका कुनै पनि खाेपकाे प्रभावकारिता १०० प्रतिशत हुँदैन, छैन । विश्व स्वास्थ्य संगठनले नै ५० प्रतिशतभन्दा बढी प्रभावकारी भ्याक्सिनलाइ स्वीकार्न सकिने बताएकाे छ । हामीले १०० प्रतिशत नै सुरक्षित भ्याक्सिन बनाउन लागिपरेका छाैं, तर यसले पनि ५० देखि १०० प्रतिशतकै बीचमा मात्र प्रभाव सिर्जना गर्नेछ ।

विश्वभर अहिले काेभिडका सन्दर्भमा भ्याक्सिन बनाउन विकसित मुलुकहरूबीच हाेडबाजी चलेकाे छ, तर प्रामाणिक भ्याक्सिन बनाउन सकिएकाे छैन । रूस, चीन, बेलायत र अमेरिका अहिले भ्याक्सिन निर्माणकाे अन्तिम चरणमा पुगेका छन् ।