२० असार २०८३, शनिबार
,
Latest
शासकीय सुधार कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत सरकारका सय दिनका उपलब्धि सार्वजनिकः मन्त्रालय घटाउँदा २० अर्ब बचत पार्टी विभाजन र आन्तरिक निराशाले ‘पपुलिजम’ मौलायोः महासचिव पोखरेल बालेन सरकारको १०० दिन: सिंहदरबारमा पत्रकार सम्मेलन हेटौँडामा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते राष्ट्रियसभाः बाढीपहिरोले अवरुद्ध राजमार्ग तत्काल सञ्चालनमा ल्याउन माग मुलुकलाई एफएटिएको ‘ग्रे लिस्ट’बाट हटाउन सरकार प्रतिबद्ध छ : अर्थमन्त्री सीपीसीको १०५ वर्षः नेपाल–चीन साझा भविष्य निर्माणमा सहकार्यको प्रतिबद्धता नेपालमा विदेशी पर्यटक बढे सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यस्ता छन् उपलब्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीमा क्षेत्रमा थप सैनिक नपठाउन चीन-भारतबीच सहमति



अ+ अ-

नयाँदिल्लीः चीन र भारत सरकारबीच विवादित लद्दाखकाे सीमावर्ती क्षेत्रमा थप सैनिक परिचालन नगर्ने सहमति भएकाे छ ।

दुबै मुलुकका सैन्य कमान्डरबीच साेमबार भएकाे वार्तापछि यस्ताे सहमति भएकाे दुबै देशका उच्च अधिकारीहरूले बताएका छन् ।

भारत र चीनबीच लद्दाख क्षेत्रमा उत्पन्न गतिराेध अन्त्यका लागि पछिल्लाे समय रूसकाे मस्काेमा चीन र भारतका विदेश र रक्षा मन्त्रीस्तरीय बैठक बसेका थिए । ती बैठकमा सीमा क्षेत्रमा उत्पन्न विवाद सुल्झाउन मिलेर अघि बढ्ने तथा स्थानीय तहका सैनिक अधिकारीबीच थप वार्ता गर्ने सहमति भएकाे थियाे ।

लगातार झण्डै १४ घण्टा बसेकाे उच्चस्तरीय सैनिक प्रतिनिधिमण्डलबीच सीमा क्षेत्रमा थप सैनिक नपठाउन सहमति भएकाे छ । बैठकमा भारतका तर्फबाट लेफ्टीनेन्ट जनरल हरिन्दर सिंह र चीनका तर्फबाट मेजर जनरल लिउ लिनले नेतृत्व गरेकाे सैनिक टाेली सहभागी थियाे । झण्डै ५ महिनादेखिकाे तनाब कम गर्न याे बैठकमा भएकाे सहमतिले सकारात्मक नतिजा प्राप्त हुने बताइएकाे छ ।