२० असार २०८३, शनिबार
,
Latest
शासकीय सुधार कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत सरकारका सय दिनका उपलब्धि सार्वजनिकः मन्त्रालय घटाउँदा २० अर्ब बचत पार्टी विभाजन र आन्तरिक निराशाले ‘पपुलिजम’ मौलायोः महासचिव पोखरेल बालेन सरकारको १०० दिन: सिंहदरबारमा पत्रकार सम्मेलन हेटौँडामा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते राष्ट्रियसभाः बाढीपहिरोले अवरुद्ध राजमार्ग तत्काल सञ्चालनमा ल्याउन माग मुलुकलाई एफएटिएको ‘ग्रे लिस्ट’बाट हटाउन सरकार प्रतिबद्ध छ : अर्थमन्त्री सीपीसीको १०५ वर्षः नेपाल–चीन साझा भविष्य निर्माणमा सहकार्यको प्रतिबद्धता नेपालमा विदेशी पर्यटक बढे सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यस्ता छन् उपलब्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा कोरोना संक्रमितको संख्या ६६ हजार नाघ्यो



अ+ अ-

काठमाडौं । आज देशभरी १ हजार ३ सय ५६ जना कोरोना संक्रमित थपिएका छन । १० हजार १ सय ५४ पीसीआर परीक्षण भएकोमा महिला ४ सय ५९ र पुरुष ८ सय ९७ जनामा संक्रमण देखिएको छ । काठमाडौंमा ५ सय ११, ललितपुरमा ७३ र भक्तपुरमा ६३ जनामा संक्रमण देखिएको छ । आजसम्म देशभरी कुल संक्रमितको संख्या ६६ हजार ६ सय ३२ पुगेको छ ।

आज देशभरी सक्रिय संक्रमितको संख्या १८ हजार १ सय ४२ रहेको छ । संस्थागत प्रदेश नम्बर १ मा २ सय ८६, प्रदेश नम्बर २ मा ९ सय ३५, बागमती प्रदेशमा ५ हजार १ सय २७ र गण्डकी प्रदेशमा ७ सय १ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ४ सय ९५, कर्णाली प्रदेशमा २ सय ९१ र सुदूरपश्चिम प्रदेशमा ३ सय ५८ जना गरी देशभरी संस्थागत आइसोलेसनमा ९ हजार १ सय ९३ जना रहेका छन ।

होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ३ सय ४१, प्रदेश नम्बर २ मा ८ सय ८४, बागमती प्रदेशमा ५ हजार ३ सय २० र गण्डकी प्रदेशमा  २ सय ८६ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ७ सय १७, कर्णाली प्रदेशमा २ सय ७ र सुदूरपश्चिम प्रदेशमा १ सय ९४ गरी देशभरी होम आइसोलेसनमा ८ हजार ९ सय ४९ जना संक्रमित उपचाररत रहेका छन । आज आइसियुमा देशभरी २ सय २३ जना र भेन्टिलेटरमा ३७ जना संक्रमित रहेका छन ।

आज ८ सय २३ जना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन । आजसम्म प्रदेश नम्बर १ मा ४ हजार ३ सय ५७, प्रदेश नम्बर २ मा १२ हजार ४ सय ७६, बागमती प्रदेशमा ११ हजार ८ सय ५४ र गण्डकी प्रदेशमा २ हजार ८ सय १९ जना रहेका डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ७ हजार ४ सय ६६, कर्णाली प्रदेशमा २ हजार ७ सय ४९ र सुदूरपश्चिम प्रदेशमा ६ हजार २ सय ४० गरी देशभरी ४८ हजार ६१ जना संक्रमित डिस्चार्ज भएका छन ।